सभामुख सापकोटाद्वारा पाँच विधेयक प्रमाणित
प्रकाशित मिति : असार २८, २०७९ मंगलबार
![](https://i0.wp.com/www.khasokhas.com/wp-content/uploads/2022/07/Sapkota-photo-28-scaled.jpg?fit=2560%2C1789&ssl=1)
सभामुख अग्निप्रसाद सापकोटाले आज सङ्घीय संसद्का दुवै सदनबाट विभिन्न मितिमा पारित भएका पाँच विधेयक प्रमाणित गर्नुभएको छ ।
सभामुखले लोक सेवा आयोगसम्बन्धी कानुनलाई संशोधन र एकीकरण गर्न बनेको विधेयक, आर्थिक वर्ष २०७९-८० को सेवा र कार्यको लागि सङ्घीय सञ्चित कोषबाट केही रकम विनियोजन र खर्च गर्ने सम्बन्धमा व्यवस्था गर्न बनेको विधेयक, ऋण तथा जमानत ऐन, २०२५ लाई संशोधन गर्न बनेको विधेयक, राष्ट्र ऋण उठाउने अधिकारको व्यवस्था गर्न बनेको विधेयक र नेपाल सरकारको अर्थसम्बन्धी प्रस्तावलाई कार्यान्वयन गर्न बनेको विधेयक प्रमाणित गर्नुभएको हो । प्रमाणित विधेयक राष्ट्रपतिबाट प्रमाणीकरण भएपछि कार्यान्वयनमा आउनेछ ।