साउदी अरेबियाले हात उठाउँदै भन्यो,’अब यो भन्दा बढी हुँदैन’


प्रकाशित मिति : असार ३२, २०७९ शनिबार

साउदी अरेबियाका युवराज मोहम्मद बिन सलमानले शनिबार साउदी अरबले आफ्नो तेल उत्पादनलाई प्रतिदिन १ करोड ३० लाख ब्यारेल पुर्‍याउने प्रयास गर्ने बताएका छन् । तर यससँगै उनले तेल उत्पादन बढाउने आफ्नो सीमा पनि बताए ।

साउदीको जेद्दाहमा आयोजित अरब-अमेरिकी सम्मेलनलाई सम्बोधन गर्दै उनले मुलुकले अहिले दैनिक एक करोड ब्यारेल तेल उत्पादन गरिरहेको बताए ।
युवराजले भने, ‘अहिले हामीसँग दैनिक १२ करोड ब्यारेलसम्म तेल उत्पादन गर्ने क्षमता छ र लगानीले यो उत्पादन १ करोड ३० लाख ब्यारेलसम्म पुग्न सक्छ । साउदी अरबसँग योभन्दा बढी तेल उत्पादन बढाउन सक्ने क्षमता छैन।

युवराजले विश्व अर्थतन्त्रलाई टेवा दिन एकजुट प्रयास गर्न आह्वान गरे।

ूउर्जाका मुख्य स्रोतहरू बाहेक उत्सर्जन घटाउने अवास्तविक नीतिहरू अवलम्बन गर्दा असाधारण मुद्रास्फीति, ऊर्जाको मूल्य वृद्धि, बेरोजगारी र आगामी दिनहरूमा सामाजिक र सुरक्षा समस्याहरूको जटिलता निम्त्याउने छ,ू उनले चेतावनी दिए।

युक्रेन र रुस युद्धका कारण पश्चिमा राष्ट्रहरूले रुसमाथि प्रतिबन्ध लगाएपछि तेलको मूल्य बढेको हो । शनिबारको सम्मेलनमा अमेरिकी राष्ट्रपति जो बाइडेन र खाडी सहयोग परिषद्, इजिप्ट, इराक र जोर्डनका सदस्यहरू पनि सहभागी थिए।

© 2024 KHASOKHAS. All Rights Reserved.
Khasokhas is not responsible for the content of external sites and user generated contains. We don't collect comments on this site.
DEVELOPED BY appharu.com