‘देशद्रोहीको आरोपमा दुई महत्वपूर्ण क्षेत्रका अधिकारी बर्खास्त’


प्रकाशित मिति : श्रावण १, २०७९ आईतबार

राष्ट्रपति भोलोडिमिर जेलेन्स्कीले देशद्रोहको आरोपमा देशका दुई महत्वपूर्ण अधिकारीलाई बर्खास्त गरेका छन् । जेलेन्स्कीले युक्रेनको सेक्युरिटी एजेन्सी (एसबीयू) का प्रमुख र अभियोजक जनरललाई देशद्रोहको आरोपमा बर्खास्त गरेका छन्।

आफ्नो एक बयानमा, उनले आरोप लगाएका छन् , ६० प्रतिशत भन्दा बढी पूर्व कर्मचारीहरू युक्रेन विरुद्ध रुसी नियन्त्रित क्षेत्रमा काम गरिरहेका छन्। उनले कानून प्रवर्तन अधिकारीहरू विरुद्ध कूल ६५१ मुद्दाहरू रिपोर्ट गरिएको बताए। यद्यपि, उनीहरूका हटाइएका अधिकारीहरू इभान बाकानोभ र इरिना भेनेडिक्टोभाबाट अहिलेसम्म कुनै प्रतिक्रिया आएको छैन।

आइतवार एक भिडियो जारी गर्दै जेलेन्स्कीले भने, ‘देशको सुरक्षा विरुद्धको यस्ता अपराधहरू धेरै गम्भीर प्रश्न हुन्।’एसबीयूका प्रमुख इभान बाकानोभ जेलेन्स्कीका बाल्यकालका साथी हुन्।

भारतीय कूटनीतिज्ञलाई बर्खास्त 

युक्रेनका राष्ट्रपति भोलोडिमिर जेलेन्स्कीले भारतका लागि युक्रेनका राजदूत इगोर पोलिखालाई पदबाट बर्खास्त गरेका छन् । पोलिखालाई भारत र अन्य युरोपेली देशहरूसँग कूटनीतिक सम्बन्धको बृहत् अनुभव भएको युरोपको सबैभन्दा वरिष्ठ राजदूतको रूपमा चिनिन्छ। पोलिखाले आफ्नो असाधारण लामो कार्यकालका कारण यो अपेक्षा गरिएको आदेशबाट आफू अचम्मित वा निराश नभएको बताए ।

© 2024 KHASOKHAS. All Rights Reserved.
Khasokhas is not responsible for the content of external sites and user generated contains. We don't collect comments on this site.
DEVELOPED BY appharu.com