सिन्धु नदीमा डुंगा पल्टिँदा २३ जनाको मृत्यु, २६ बेपत्ता
प्रकाशित मिति : श्रावण ३, २०७९ मंगलबार
पाकिस्तानको सिन्धु नदीमा विवाहका पाहुना बोकेको डुंगा पल्टिँदा २३ जनाको मृत्यु भएको छ भने २६ जना बेपत्ता भएका छन् ।
स्थानीयले ४५ जनाको उद्धार गरेका छन् भने बेपत्ताको खोजी कार्य जारी रहेको छ । ओभरलोडका कारण डुंगा पल्टिएको हो । मृत्यु हुनेमा महिला र बालबालिका पनि रहेका छन् ।
स्रोतका अनुसार सोलाङ्गी समुदायका हुसेन कलाको जुलुस खरोडवलीको रोजन तहसीलको माछाकाबाट सरदारपुर जाँदै थियो ।
दुर्घटनाको जानकारी पाएलगत्तै जिल्ला प्रशासन कार्यालयका अधिकारी र प्रहरी घटनास्थलमा पुगेर उद्धार कार्य सुरु गरेका थिए ।
अहिलेसम्म सनाखत हुनेमा १८ वर्षीया शबाना, २२ वर्षीय हमिदन, १४ वर्षीय अल्लाह दानी रहेका छन् भने उद्धार गरिएकामा मोहम्मद अक्रम, मोहम्मद रमजान, लुकमान र मोहम्मद अमिन रहेका छन् ।