तालिवानमाथि अष्ट्रेलियाकी महिला पत्रकारले लगाईन गम्भीर आरोप
प्रकाशित मिति : श्रावण ५, २०७९ बिहीबार
अफगानिस्तानमा कार्यरत एक अस्ट्रेलियाली महिला पत्रकारले तालिवानमाथि गम्भीर आरोप लगाएकी छन् । फरेन पोलिसी पत्रिकाका पत्रकार लिन ओडोनेलले तालिवानले उनलाई हिरासतमा लिएको बताएकी छन् । उनलाई गाली गरी जेल हाल्ने धम्की दिइयो । तालिबानले आफूले तालिबानका बारेमा लेखेका लेख झूटा भएको भन्दै ट्वीट गर्न बाध्य पारेको आरोप लगाएकी छिन् ।
पत्रकार लिन ओडोनेलले ट्वीटरमा लेखेकी छिन्, ‘तालिबान इन्टेलिजेन्सले माफी माग नत्र जेल जानुपर्छ भन्दै धम्काए ।’ साथै, उनलाई ट्विट सम्पादन गर्न, डिलिट गर्न धेरै पटक जबरजस्ती गरे। जबरजस्ती नगरेको भन्दै भिडियो बनाए ।
लिन ओडोनेलले लामो समय अफगानिस्तानमा बसेर त्यहाँको समाचारहरु कभर गर्दै आएकी छिन । धम्किआएपछि उनले अफगानिस्तान छाडेकी छिन् । तालिबानले उनीलाई गिरफ्तार गरेको पुष्टि गर्दै भनेको छ, ‘उनलाई गिरफ्तार गरेको हो, तर उनीले भनेको कुरा झुटो हो ।’
बीबीसीसँग कुरा गर्दै लिन ओडोनेलले करिब एक वर्षअघि देश छोडेपछि देशमा कस्तो परिवर्तन आएको छ भनी हेर्न आफू काबुल गएको बताइन्। मलाई अफगानिस्तानको कानुन तोडेको र उनीहरुको संस्कृतिमा ठेस पुर्याएको आरोप लगाएको बताए ।
मैले अफगानिस्तानमा एलजीबीटीक्यू र तालिबान अतिवादीहरूको जबरजस्ती विवाह बारे लेखहरू लेखें। तालिबानले ती लेखहरू गलत भएको बताएको छ। उनले भने , तालिवानले उनलाई आफ्नो स्रोत खुलाउन आग्रह गरे तर उनले अस्वीकार गरिन । लिन ओडोनेल अफगानिस्तानमा समाचार एजेन्सी एएफपी र एपीको ब्यूरो प्रमुख थिइन ।
Tweet an apology or go to jail, said #Taliban intelligence. Whatever it takes: They dictated. I tweeted. They didn’t like it. Deleted, edited, re-tweeted. Made video of me saying I wasn't coerced. Re-did that too.#TwoTakesTaliban (I’m out now) #Afghanistan #journalism
— Lynne O'Donnell (@lynnekodonnell) July 20, 2022