पैसा नदिए एसिड हान्छु भन्दै प्रयांङ्क भिडियो बनाउने युट्युबर पक्राउ
प्रकाशित मिति : श्रावण १०, २०७९ मंगलबार
प्र्याङ्क भिडियोका नाममा महिलामाथि अमानविय व्यवहार गरेको आरोपमा एक युट्युबर पक्राउ परेका छन् ।
नेपाल प्रहरीको साइबर ब्यूरोले ‘बदमास केटा’ नामक युट्युब च्यानलका सञ्चालक नवलपरासीका २६ वर्षीय पूर्णचन्द्र भुसाललाई पक्राउ गरेका हो ।
उनलाई हिजो सोमबार नवलपरासीबाट पक्राउ गरीएको प्रहरीले जनाएको छ । उनले बाटोमा हिँडिरहेकी महिलालाई ‘पैसा, मोबाइल, गर गहना नदिए एसिड हान्छु’ भनेर प्र्याङ्क भिडियो बनाएका थिए ।
प्रहरीले उनीमाथि विद्युतीय कारोबार ऐन, २०६३ अन्तर्गतको कसुरमा मुद्धा दर्ता गरेको छ । जिल्ला अदालत काठमाडौले भुसाललाई ७ दिन म्याद थप गरेर आवश्यक अनुसन्धान भइरहेको प्रहरीले जनाएको छ ।