अमेरिकामा ब्याजदर फेरि बढ्यो, महंगी ४० वर्ष यताकै उच्च विन्दुमा


प्रकाशित मिति : श्रावण १२, २०७९ बिहीबार

बढ्दो मूल्यलाई नियन्त्रण गर्न अमेरिकाको केन्द्रीय बैंक फेडरल रिजर्भले फेरि एकपटक ब्याजदरमा ठूलो वृद्धि गरेको छ ।

बैंकले लगातार दोस्रो पटक ब्याजदर ०.७५ प्रतिशतले बढाएको छ । संघीय कोषको लक्ष्य कर्जा दर अर्थात् केन्द्रीय बैंकबाट स्वदेशी बैंकले लिने दरलाई २ दशमलव २५ प्रतिशतबाट २ दशमलव ५ प्रतिशतमा पुर्‍याएको बताइएको छ ।

बैंकले अर्थतन्त्रमा मागको स्तर र मूल्य घटाउन मार्चदेखि ऋणको लागत बढाउँदै आएको छ । तर यो कदमले अमेरिकालाई मन्दीतर्फ लैजान्छ कि भन्ने डर बढ्दै गएको छ । धेरैले यस हप्ताको आधिकारिक तथ्याङ्कले लगातार दोस्रो त्रैमासिकमा अमेरिकी अर्थतन्त्र कमजोर भएको देखाउने अपेक्षा गरेका छन्।

पत्रकार सम्मेलनमा फेडरल रिजर्भका अध्यक्ष जेरोम पावेलले अर्थतन्त्रको केही भाग सुस्त भएको स्वीकार गरे तर मुद्रास्फीतिलाई नियन्त्रण गर्न बैंकले जोखिमका बाबजुद आगामी महिनाहरूमा ब्याजदर बढाउने बताए। अमेरिकामा महंगी ४० वर्ष यताकै उच्च विन्दुमा पुगेको छ ।

© 2024 KHASOKHAS. All Rights Reserved.
Khasokhas is not responsible for the content of external sites and user generated contains. We don't collect comments on this site.
DEVELOPED BY appharu.com