चीनले ब्यालेस्टिक मिसाइल प्रहार गर्‍यो : ताइवान रक्षा मन्त्रालय


प्रकाशित मिति : श्रावण १९, २०७९ बिहीबार

चीनले सैन्य प्रशिक्षणका दौरान ताइवानको उत्तरपूर्वी र दक्षिण पश्चिम तट छेउको पानीमा श्रृंखलावद्ध रुपमा डोङफेङ ब्यालेस्टिक मिसाइलहरू प्रहार गरेको ताइवानले बताएको छ ।

ताइवानको रक्षा मन्त्रालयले एक विज्ञप्ति जारी गर्दै , चिनियाँ कम्युनिष्ट पार्टीले आज दिउँसो (त्यहाँको स्थानीय समय) लगभग १ः५६ मा उत्तरपूर्वी र दक्षिणपश्चिमी ताइवानको वरपरको पानीमा श्रृंखलावद्ध रुपमा डोङफेङ  ब्यालेस्टिक मिसाइलहरू प्रहार गरेको जनाएको छ । चीनको पिपुल्स लिबरेसन आर्मीले पनि मिसाइल प्रहार भएको पुष्टि गरेको छ ।

पूर्वी थिएटर कमाण्डका पूर्वी भागका वरिष्ठ कर्नेल शि यीले चिनियाँ सेनाले ‘ताइवान टापुको पूर्वी भाग, पूर्वनिर्धारित ठाउँमा  मिसाइल फायरपावरू प्रक्षेपण गरेको बताए।

© 2024 KHASOKHAS. All Rights Reserved.
Khasokhas is not responsible for the content of external sites and user generated contains. We don't collect comments on this site.
DEVELOPED BY appharu.com