कोभिड-१९ महामारीका बेला सुरक्षित रूपमा स्तनपान कसरी गराउने ?


प्रकाशित मिति : श्रावण १९, २०७९ बिहीबार

नेपालमा पछिल्लो समय कोरोना संक्रमितको संख्या ह्वात्तै बढेको छ । स्वास्थ्य तथा जनसंख्या मन्त्रालयले कोरोना संक्रमित आमाहरुलाई आफ्नो नवजात शिशुलाई स्तनपान गराउन नछाड्न आग्रह गरेको छ । मन्त्रालयले स्तनपान गराइरहेकी आमामा कोभिड- १९ संक्रमण भएको शंका लागेको छ वा पुष्टि भएको छ भने जनस्वास्थ्यको मापदण्ड अपनाएर स्तनपानलाई निरन्तरता दिन पनि सुझाब दिएको छ ।

सुरक्षित रूपमा स्तनपान कसरी गराउने ?
१. शिशुको सम्पर्कमा आउनु अगाडि हरेक पटक आमाले साबुनपानीले कम्तीमा २० सेकेन्ड मिचिमिची हात धुने वा अल्कोहलयुक्त स्यानिटाइजर प्रयोग गर्ने

२. आमाले स्तनपान गराउँदा वा शिशुको सम्पर्कमा आउँदा मास्क लगाउने

३. आमाले खोक्दा वा हाँच्छ्युँ गर्दा कपडा वा टिस्यु पेपरले नाक, मुख छोप्ने र तुरुन्त साबुनपानीले हात धुने र त्यसपश्चात स्तन धोएर मात्र शिशुलाई स्तनपान गराउने

४. यदि स्तनपान गराइरहेकी आमाको अवस्था गम्भीर छ भने शिशुसँगको प्रत्यक्ष सम्पर्कबाट टाढा रहने र शिशुलाई स्तनपान नगराउने तर दूध निचोरेर सफा भाँडामा राखी चम्चा वा कपबाट खुवाउने

५. संक्रमित आमाको सम्पर्कमा आएको भुइँ, सतह तथा सामानहरुलाई निसंक्रमण गर्ने र घर वरपरको वातावरण पनि सफा गर्ने

६. चिन्ता र तनावले दूध उत्पादन हुने प्रक्रियामा असर गर्ने हुनाले स्तनपान गराइरहेकी आमा चिन्ता र तनावरहित रहने

मन्त्रालयले महामारीको बेलामा बालबालिकालाई स्तनपान गराउन सहज वातावरण बनाइ आमालाई स्तनपान गराउन प्रोत्साहन गर्न आग्रह समेत गरेको छ । (श्रोतः स्वास्थ्य तथा जनसंख्या मन्त्रालय)

© 2024 KHASOKHAS. All Rights Reserved.
Khasokhas is not responsible for the content of external sites and user generated contains. We don't collect comments on this site.
DEVELOPED BY appharu.com