चीनले अझै रोकेन ताइवान तट नजिकैको ठूलो सैन्य अभ्यास, बतायो यस्तो कारण


प्रकाशित मिति : श्रावण २३, २०७९ सोमबार

चीनले ताइवानको तटमा आफ्नो सैन्य अभ्यास जारी राख्ने बताएको छ । चीनको यो सैन्य अभ्यास आइतबार सकिने बताएको थियो तर अमेरिकी कंग्रेसका सभामुख न्यान्सी पेलोसीको ताइवान भ्रमणको प्रतिक्रियास्वरूप चीनले यो अभ्यासलाई जारी राखेको भएको छ ।

चिनियाँ सेनाको पूर्वी कमाण्डले आफूहरूले पनडुब्बी विरोधी आक्रमणको अभ्यास गरिरहेको बताएको छ । अर्कोतर्फ ताइवानको विदेश मन्त्रालयले चीनलाई सैन्य अभ्यास रोक्न आग्रह गरेको छ । ताइवानले यो अभ्यासलाई अनुचित व्यवहारको रूपमा ब्याख्या गरेको छ ।

चीनले ताइवानलाई आफ्नो विद्रोही राष्ट्र मानेको छ । ‘एक चीन नीति’ अन्तर्गत चीन कुनै पनि देशले ताइवानलाई स्वतन्त्र राष्ट्रको रूपमा व्यवहार गरेको चाहँदैन । गत हप्ता अमेरिकी कंग्रेसकी सभामुख न्यान्सी पेलोसीको ताइवान भ्रमणको चीनले कडा विरोध गरेको छ। चीनले यो भ्रमणलाई ‘एक चीन नीति’ विरुद्धको ठानेको छ ।

पछिल्लो २५ वर्षमा अमेरिकाको यति ठूलो नेता ताइवान पुगेको यो पहिलो पटक हो । चीनले पेलोसीको ताइवान भ्रमणलाई ‘धेरै खतरनाक’ भनेको छ । चीनका उपविदेशमन्त्री शि फेङले यसलाई दुर्भावनापूर्ण भनेका छन् र गम्भीर परिणाम भोग्नुपर्ने चेतावनी दिएका छन् ।

© 2024 KHASOKHAS. All Rights Reserved.
Khasokhas is not responsible for the content of external sites and user generated contains. We don't collect comments on this site.
DEVELOPED BY appharu.com