सुकीलाई भ्रष्टाचारको चारवटा मुद्दामा दोषी ठहर गर्दै ६ वर्ष जेल सजाय


प्रकाशित मिति : श्रावण ३०, २०७९ सोमबार

म्यानमारको एक अदालतले आङ सान सुकीलाई भ्रष्टाचारको चारवटा मुद्दामा दोषी ठहर गर्दै सोमबार ६ वर्षको जेल सजाय सुनाएको छ ।

कालावाङ वन जग्गासम्बन्धी तीनवटा भ्रष्टाचार मुद्दामा आङ सान सुकीलाई तीन वर्षको जेल सजाय सुनाइएको छ । यसबाहेक भवन जग्गासम्बन्धी भ्रष्टाचार मुद्दामा उनलाई तीन वर्षको जेल सजाय सुनाइएको छ । यसरी उनलाई कुल ६ वर्षको जेल सजाय सुनाइएको छ ।

अगस्त १५ गते ताव कारागारको विशेष अदालतले यस्तो आदेश दिएको हो । नोबेल पुरस्कार विजेता ७७ वर्षीया आङ सान सुकीलाई ६ वटा मुद्दामा ११ वर्षको जेल सजाय सुनाइएको थियो ।

© 2024 KHASOKHAS. All Rights Reserved.
Khasokhas is not responsible for the content of external sites and user generated contains. We don't collect comments on this site.
DEVELOPED BY appharu.com