काश्मिरमा ३९ सैनिक बोकेको बस दुर्घटना, ६ जनाको मृत्यु


प्रकाशित मिति : श्रावण ३१, २०७९ मंगलबार

जम्मू कश्मीरको पहलगाममा आज एउटा दर्दनाक दुर्घटना भएको छ । आईटीबीपीका जवानहरूले भरिएको बस नदीमा खसेको छ। बसमा ३९ जना जवान सवार थिए । घटनास्थलमा राहत कार्य सुरु गरिएको छ ।
घटनास्थलमा सुरक्षा बल, सेना, प्रहरी र प्रशासनका अधिकारी पुगेका छन् । राहत कार्य भईरहेको छ । भारतिय मिडियाका अनुसार  उक्त दुर्घटनामा ६ जना जवानको मृत्यु भएको  छ । ३२ जना घाइते भएका छन् । हाल ITBP बाट कुनै बयान आएको छैन।

३९ जवानहरू मध्ये ३७ ITBP जवान थिए र २ जम्मू कश्मीर पुलिसका थिए। जुन बसमा जवान सवार थिए सो बस सिभिल बस थियो र अचानक ब्रेक फेल भएपछि बस  अनियन्त्रित भई सडकबाट नदीमा खसेको बताइएको छ ।

सिपाहीहरू चन्दनवाडीबाट पहलगामतर्फ गइरहेका थिए। यो बस पहलगामको फ्रिसलानमा नदीमा खसेको हो । अमरनाथ यात्राको लागि क्षेत्रको सुरक्षाका लागि जवानहरूलाई तैनाथ गरिएको थियो। दुर्घटनामा धेरै घाइते हुने आशंका गरिएको छ ।

बस २ सय मिटर गहिराइमा खसेको छ । बस चन्दनवाडीबाट पहलगाम तर्फ आइरहेको थियो जहाँ अमरनाथ यात्राको सुरक्षाका लागि सिपाहीहरू तैनाथ गरिएको थियो। दुर्घटना यति ठूलो थियो कि बस चन्दनवाडीबाट करिब २ सय मिटर तल खोलामा खसेको थियो । बस विस्फोट भयो। हालसम्म यो दुर्घटनामा कति सैनिक प्रभावित भएका छन् भन्ने खुलाइएको छैन ।

© 2024 KHASOKHAS. All Rights Reserved.
Khasokhas is not responsible for the content of external sites and user generated contains. We don't collect comments on this site.
DEVELOPED BY appharu.com