चीनले आकाशमा सैन्य अभ्यास गरिरहेका बेला, ताइवानले गर्यो अत्याधुनिक लडाकु जेट प्रदर्शन
प्रकाशित मिति : भाद्र २, २०७९ बिहीबार
ताइवानले आफ्नो सबैभन्दा विकशित लडाकु जेट प्रदर्शन गरेको छ । चीनले ताइवानको आकाशमा सैन्य अभ्यास गरिरहेका बेला ताइवानले मिसाइल युक्त एफ–१६ भी प्रदर्शन गरेको हो ।
अमेरिकी तल्लो सदनकी सभामुख न्यान्सी पेलोसीको भ्रमणपछि बेइजिङले यस महिना ताइवान स्ट्रेटमा हवाई र समुद्री अभ्यास गरेको थियो ।
ताइपेईले चीनको आक्रमणको प्रतिरक्षा गर्न आफ्नै अभ्यास गरेको छ । वायुसेनाका कर्मचारीहरूले पूर्वी हुवालिन काउन्टीको एयरबेसमा ‘लडाइँको तयारी’ अभ्यासमा अमेरिकामा निर्मित एन्टी–सिप मिसाइलको साथ एफ–१६ भी लडाकु विमान प्रदर्शन गरेका छन् ।
‘चिनियाँ कम्युनिष्ट सेनाको हालैको सैन्य अभ्यासको खतराको सामना गर्दै हामी राष्ट्रिय सुरक्षा सुनिश्चित र जुनसुकै बेला तालिमको अवधारणा स्थापित गर्दै सतर्क रह्यौं,’ ताइवानको रक्षा मन्त्रालयले एक विज्ञप्तिमा भनेको छ ।