युरोपमा भिषण आँधी , १३ जनाको मृत्यु
प्रकाशित मिति : भाद्र २, २०७९ बिहीबार
युरोपका विभिन्न शहर भीषण आँधीको चपेटामा परेका छन् । आँधीमा परि तीन बालबालिका सहित १३ जनाको ज्यान गएको छ ।
आँधीका कारण इटाली, अष्ट्रिया, फ्रान्सका जनता प्रभावित भएका छन् । भारी वर्षासँगै आएको आँधीका कारण सडक यातायात अवरूद्ध हुनुका साथै हवाई सेवा समेत प्रभावित भएको छ ।
प्रतिघण्टा सरदर २ सय २४ किलोमिटरको दरले आएको आँधीले युरोपका अधिकांश शहरका रूखहरू ढलेका छन् ।
आँधीमा परि मृत्यु हुनेमा अधिकांश रुख ढलेर च्यापिएका हुन ।
यसैबीच, फ्रान्सका गृहमन्त्री गेराल्ड डार्मिनिनले आँधी प्रभावित क्षेत्रको निरीक्षण गर्दै बिस्थापित सर्वसाधारणको उचित व्यबस्थापन गरिएको जानकारी दिए । फ्रान्सका सयौं सवारीसाधान आँधीका कारण ध्वस्त भएका छन् ।
आँधी प्रभावितहरूलाई अस्थायी शिविर बनाई राखिएको छ । इटालीमा आँधी प्रभावितहरू