रक्सी पिएर नाचिरहेकी फिनल्याण्डकी प्रधानमन्त्रीको भिडियो लिक,विपक्षद्वारा लागुऔषध परीक्षण गर्न माग (भिडियो)


प्रकाशित मिति : भाद्र ३, २०७९ शुक्रबार

फिनल्याण्डकी प्रधानमन्त्री सना मरिनले पार्टी गरिरहेको भिडियो सार्वजनिक भएपछि विवाद बढेको छ । फिनल्याण्डको विपक्षी नेताले भिडियोको विषयमा सना मरिनलाई तथानाम भन्न सुरु गरेका छन् । उनको लागुऔषध परीक्षण गर्न पनि माग गरिएको छ ।

सोसल मिडियामा जुन भिडियो भाइरल भइरहेको छ, त्यसमा ३६ वर्षीया प्रधानमन्त्री मारिन आफ्ना साथीहरूसँग प्राइभेट पार्टीको मजा लिईरहेको देखिन्छ । भिडियोको विषयमा सोसल मिडियामा विभिन्न खालका प्रतिक्रिया आइरहेका छन् । सना मरिनले आरोपको जवाफ दिँदै भनिन्, मैले आफ्नो व्यवहारमा कुनै परिवर्तन गर्न आवश्यक छैन। म सधैं जस्तै रहिरहन्छु ।

सञ्चारमाध्यमसँग कुरा गर्दै उनले भनिन्, ‘मेरो पार्टीका व्यक्तिगत क्षणहरु सार्वजनिक भएकोमा म अत्यन्तै दुखी छु । तर, मैले केही गल्ती नगरेकोले लुकाउनको लागि केही छैन । मैले पार्टीमा अल्कोहल बाहेक अरू कुनै कुराको प्रयोग गरेको थिइन ।’

‘मैले नाचें, गाएँ र पार्टी गरें, जुन पूर्ण रूपमा कानूनी छन्। मैले पार्टीमा कुनै पनि लागुऔषध सेवन गरेको छैन । म कुनै पनि परीक्षण वा परीक्षणका लागि तयार छु ,उनले भनिन् । ‘

सामाजिक सञ्जालमा मानिसहरूले उनको आलोचना गरिरहेका छन् भने कतिपयले उनको यो भिडियोको बचाउ पनि गरिरहेका छन् । उनी पनि  नागरिक भएकाले एकान्तमा बसेर साथीभाइसँग पार्टीमा नाच्नुमा कुनै हानी नहुने प्रतिक्रिया पनि आएका छन् ।

सना मरिन विश्वकी सबैभन्दा कान्छी प्रधानमन्त्री हुन् ।  अघिल्लो वर्ष उनले क्लब गएकोमा माफी पनि मागेकी थिइन् किनभने त्यतिबेला उनी एक कोभिड संक्रमित व्यक्तिको सम्पर्कमा आएकी थिइन् । हालै जर्मन न्युज आउटलेट बिल्डले सना मरिनलाई विश्वको सबैभन्दा कुलेस्ट प्राइम मिनिस्टर बताएको थियो ।

फिनल्याण्डका राजनीतिक पत्रकार रोबर्ट सन्डम्यानले बीबीसीसँग कुरा गर्दै भने, ‘यो उमेरका महिलाका लागि साथीहरुसँग मज्जा गर्नु सामान्य कुरा हो भनेर धेरै मानिसहरुले यस विषयमा आफ्नो धारणा राखिरहेका छन् । यो अचम्मको धारणा हो ।’

 

© 2024 KHASOKHAS. All Rights Reserved.
Khasokhas is not responsible for the content of external sites and user generated contains. We don't collect comments on this site.
DEVELOPED BY appharu.com