मदिरा सेवनलाई आकर्षक र उद्योगलाई नाफामा लैजान प्रतियोगिता


प्रकाशित मिति : भाद्र ३, २०७९ शुक्रबार

जापानका युवा वयस्कहरूले आफ्ना आमाबाबुको तुलनामा कम मदिरा सेवन गरिरहेका छन्, जसले चावल वाइन जस्ता पेय पदार्थहरूमा करलाई प्रभाव पारेको छ । उनीहरूले नयाँ अभियानबाट यसलाई परिवर्तन गर्न सक्षम हुनेछन् भन्नेमा अधिकारीहरूले आशा गरेका छन् । देशको राष्ट्रिय कर एजेन्सीले प्रतियोगिता सुरु गरेको छ । ‘सेक भिभा’ अभियानले मदिरा सेवनलाई थप आकर्षक बनाउन र उद्योगलाई अगाडि बढाउने अपेक्षा गरिएको छ ।

यो अनलाइन प्रतियोगितामा २० देखि ३९ वर्षसम्मका व्यक्तिले भाग लिन सक्नेछन् । मानिसहरू जापानी पेय पदार्थहरू लोकप्रिय बनाउन व्यवसायिक योजनाको साथ आउनु पर्छ, चाहे व्हिस्की होस् या बियर, वाइन ।

बीबीसीका अनुसार कोभिडको समयमा मानिसमा मदिराको लत कम भएको र जसले उद्योगलाई नोक्सान गरिरहेको छ । यसबाहेक, जापानको वृद्ध जनसंख्या पनि मदिराको बिक्री घट्नुमा जिम्मेवार छ । कर एजेन्सीले सुरु गरेको प्रतियोगिताहरूमा मदिराको लोकप्रियता बढाउन आर्टिफिसियल इन्टेलिजेन्सदेखि प्रचार अभियानसम्म पनि प्रयोग गर्न सकिन्छ । यो अभियानमा जनता दुई मतमा विभाजित छन् । कतिपयले यसलाई गलत बानीको प्रवद्र्धन भनेका छन् भने कतिपयले मदिराको बिक्री बढाउन नयाँ नयाँ आइडिया बाँडिरहेका छन् ।

सेप्टेम्बरको अन्त्यसम्ममा जनताले आफ्नो व्यवसायसम्बन्धी आइडिया सरकारी निकायमा पठाउनुपर्नेछ । विज्ञहरूले यी योजनाहरूमा काम गर्नेछन् र तिनीहरूलाई अझ राम्रो बनाउने र नोभेम्बरमा तिनीहरूलाई अन्तिम रूप दिनेछन्। यस अभियानका लागि एक वेबसाइट पनि बनाएको छ जसमा जापानमा मदिराको बजार घटेको छ ।

सन् १९९५ को तुलनामा २०२० मा कम मानिसले रक्सी पिउने गरेको तथ्याङ्कले देखाएको छ । १९९५ मा, एक जापानी व्यक्तिले एक वर्ष औसत १०० लिटर रक्सी पिए । २०२० मा ७५ लिटरमा सिमित रह्यो । यसबाट सरकारले ठूलो घाटा बेहोर्नु परेको छ । सन् १९८० मा देशको कुल आम्दानीको ५ प्रतिशत मदिरा बिक्रीबाट आउने भए पनि २०२० मा १.७ प्रतिशतमा झरेको छ । यसमा सबैभन्दा ठूलो भूमिका छिट्टै बुढ्यौली हुँदै गएको जापानको जनसंख्याको हो ।

© 2024 KHASOKHAS. All Rights Reserved.
Khasokhas is not responsible for the content of external sites and user generated contains. We don't collect comments on this site.
DEVELOPED BY appharu.com