अर्बपति जिओलाई ८ अर्ब डलर जरिवाना र १३ वर्षको जेल सजाय
प्रकाशित मिति : भाद्र ३, २०७९ शुक्रबार
चिनियाँ र क्यानडाली नागरिक तथा अर्बपति सियाओ जियानहुआलाई चीनमा १३ वर्षको जेल सजाय सुनाइएको छ । यससँगै उनको कम्पनी ‘टुमारो होल्डिङ्स’ लाई ८ अर्ब डलर जरिवाना पनि लगाइएको छ ।
सांघाईको एक अदालतले जियानहुआ र उनको कम्पनीलाई हिनामिना र घूस लिएको अभियोग लगाइएको जनाएको छ।
समाचार एजेन्सी एएफपीले सांघाई अदालतको बयानलाई उद्धृत गर्दै लेखलेको छ, ‘सियाओ र उनको कम्पनीलाई अवैध रूपमा रकम जम्मा गरेको, ट्रस्टको सम्पत्तिको प्रयोगमा विश्वासको उल्लंघन र कोषको दुरुपयोग गरेको आरोपमा दोषी पाइएको छ।’ सोही क्रममा उनी आफ्नो कम्पनीलाई घुस लिएको कसुरमा पनि दोषी ठहर भएका थिए ।
अदालतले फैसला भनेको छ, ‘जिओ र उनको कम्पनीले ठूलो मात्रामा वित्तीय व्यवस्थापन सम्बन्धी धेरै आदेशहरू उल्लङ्घन गरेको छ र देशको वित्तीय सुरक्षालाई हानि पुर्याएको छ।’
चीनका सबैभन्दा धनी व्यक्तिमध्येका एक, जिओलाई अन्तिम पटक २०१७ मा हङकङको एउटा लक्जरी होटेलबाट बाहिरिएको देखियो। त्यसयता उनको कुनै बयान आएको छैन ।
पछि, क्यानडाको दूतावासले जुलाई २०२२ मा उनको विरुद्ध अदालतमा मुद्दा चलिरहेको बताएको थियो। उनको मुद्दाको सुनुवाइ जुलाई ४ बाट भएको थियो । यसबारे सोध्दा चिनियाँ विदेश मन्त्रालयले चीनले दोहोरो नागरिकता स्वीकार नगर्ने भएकाले सियाओलाई यस्तो सहयोग लिने अधिकार नरहेको बताएको थियो ।