अस्ताए कांग्रेस नेता प्रदीप गिरी


प्रकाशित मिति : भाद्र ४, २०७९ शनिबार

नेपाली कांग्रेसका नेता तथा सांसद प्रदीप गिरीको ७५ वर्षको उमेर निधनमा भएको छ। गिरीको उपचारको क्रममा ललितपुरको नख्खु स्थित मेडिसिटी अस्पतालमा शनिबार राति ९ः३० मा निधन भएको कांग्रेस नेता मिनेन्द्र रिजालले पुष्टि गरेका छन् ।

उनले फेसबुकमा लेखेका छन्, ‘दुखद छ, तर सत्य हो । हार्दिक सम्मान, प्रदीप गिरी’

गिरी लामो समय भारतको मुम्बइका विभिन्न अस्पतालमा घाँटीको क्यान्सरको सफल उपचारपश्चात् केही महिनाअघि नेपाल फर्किएका थिए। नेपाल फर्किनासाथ निमोनिया देखिएपछि गिरीको विगत तीन सातादेखि मेडिसिटीमा उपचार हुँदै आएको थियो ।

विहान ९ बजे देखि ११ बजेसम्म नेपाल मेडिसिटी अस्पताल, ललितपुरको शिवालयमा पार्थिव शरीर श्रद्धाञ्जलीको लागि राखिने नेपाली कांग्रेस संघीय संसद, संसदीय दलको कार्यालयले जनाएको छ ।

यस्तै, बिहान साढे ११ बजेदेखि २ बजेसम्म कांग्रेस केन्द्रीय कार्यालय सानेपामा पार्थिव शरीर श्रद्धाञ्जलीको लागि राखिने र त्यसपश्चात अन्त्येष्टिका लागि पशुपति आर्यघाटमा लैजाने संसदीय दल कार्यालयले जनाएको छ ।

© 2024 KHASOKHAS. All Rights Reserved.
Khasokhas is not responsible for the content of external sites and user generated contains. We don't collect comments on this site.
DEVELOPED BY appharu.com