बुबामाथि लक्षित हमलामा छोरी परिन, कार स्टार्ट गर्न बित्तिकै विस्फोट (भिडियो )
प्रकाशित मिति : भाद्र ५, २०७९ आईतबार
रुसी राष्ट्रपति भ्लादिमिर पुटिनको ‘ब्रेन’ भनेर चिनिने अलेक्जेन्डर डुगिनकी छोरी डारियाको हत्या गरिएको छ । यो आक्रमणको योजना अलेक्जेंडरमाथि थियो , तर उनी बालबाल बाच्न सफल भएका छन् ।
डुगिनलाई पुटिनको आध्यात्मिक गुरु भनिन्छ। जानकारीका अनुसार अलेक्जेन्डरले युक्रेन युद्धको रूपरेखा तयार गरेका छन् । डुगिनका साथी पिटर लुन्डस्ट्रोमका अनुसार उनी र उनकी छोरी मस्कोको बाहिरी भागमा रहेको जाखारोवो एस्टेटमा भएको परम्परागत परिवार महोत्सवमा अतिथिको रूपमा आएका थिए। यहाँबाट दुवै सँगै जाने योजनामा थिए ।
तर डुगिन पछि अर्को गाडीमा चढेको कारण आक्रमणबाट जोगिए। यो हमला बलिउड फिल्मको दृश्य जस्तै थियो। डारियाले आफ्नो टोयोटा ल्यान्ड क्रुजर प्राडो कार स्टार्ट गर्नेबित्तिकै कारमा विस्फोट भएको थियो ।
विस्फोटका कारण कार आगोको ज्वाला बनेको थियो । अलेक्जेन्डर डुगिन घटनास्थलमै थिए, आफ्नै आँखा अगाडी छोरी चढेको गाडी स्टार्ट गर्न वित्तिकै विस्फोट भएको थियो । उनको एक तस्वीर पनि बाहिर आएको छ, जसमा उनले आफ्नो हात टाउकोमा समातिरहेका छन्। रुसको राजधानी मस्कोको बाहिरी क्षेत्रमा आक्रमण भएको हो ।
विस्फोटको लगत्तै स्थानीय मिडियाले यसलाई अलेक्जेन्डरको हत्या प्रयासको रूपमा व्याख्या गरेका छन् । स्वघोषित डोनेट्स्क जनवादी गणतन्त्रका नेता डेनिस पुसिलिनले आक्रमणको वास्तविक निशाना अलेक्जेन्डर डुगिन भएको दाबी गरेका छन्। उनले डारियाको मृत्युको पुष्टि गर्दै युक्रेन समर्थित विद्रोहीलाई आक्रमण गरेको आरोप लगाए।
रुसी प्रचार प्रसार गरेको भन्दै अमेरिका र बेलायतले प्रतिबन्धको सूचीमा डारियाको नाम राखेको थियो । मार्चमा, डारियाले एक अन्तर्वार्ता लिएकी थिइन्, जसमा उनले पश्चिमी देशहरू र युरोपलाई अधिनायकवादी, जातिवादी उपनिवेशवादी र नाजीहरूको रूपमा ब्याख्या गरेकी थिइन ।
⭕️🇷🇺#Russia: Alexander #Dugin at the scene pic.twitter.com/oyHMxnVHkc
— 🅻-🆃🅴🅰🅼 (@L_Team10) August 20, 2022