भारतिय अभिनेता अमिताभ बच्चन फेरि कोरोना संक्रमित
प्रकाशित मिति : भाद्र ७, २०७९ मंगलबार
बलिउड अभिनेता अमिताभ बच्चन फेरि एकपटक कोरोना संक्रमित भएका छन् । यो जानकारी सामाजिक सञ्जालमार्फत उनी आफैले दिएका छन् । अमिताभ बच्चनले ट्वीटरमा लेखेका छन्, ‘म कोरोना संक्रमित भएँ….. जो मेरो सम्पर्कमा आउनु भएको थियो , कृपया आफ्नो परीक्षण गराउनु होला।’
T 4388 – I have just tested CoViD + positive .. all those that have been in my vicinity and around me, please get yourself checked and tested also .. 🙏
— Amitabh Bachchan (@SrBachchan) August 23, 2022
अमिताभ बच्चनलाई कोरोना संक्रमण भएको यो पहिलो पटक होइन । यसअघि सन् २०२० को जुलाईमा पनि उनलाई कोभिड भएको थियो । त्यसपछि उनलाई अस्पताल भर्ना गर्नुपरेको थियो । त्यतिबेला उनका छोरा अभिषेक बच्चन र बुहारी ऐश्वर्या राई पनि कोरोना संक्रमित थिए ।