अल्फाबिटामा डोजर चलाएपछि बालेनले भने- ‘नक्सा र डोजर लिएर गएँ, मैले के बिराएँ’
प्रकाशित मिति : भाद्र ९, २०७९ बिहीबार
काठमाडौंको नयाँ बानेश्वरस्थित अल्फाबिटा कम्प्लेसले अवैध रुपमा बनाएको संरचनामा काठमाडौं महानगरपालिकाले डोजर चलाएको छ । कम्प्लेसमा डोजर चलाएपछि मेयर बालेन शाहले आफूले केही गलत नगरेको प्रतिक्रिया दिएका छन् ।
उनले बिहानमा अवैध संरचना हटाउन निर्देशन दिँदा कम्प्लेसका सञ्चालक द्विराज शर्माले आफ्नै नक्सा म सँग मागेको बताउँदै आफू महानगर पुगेर नक्सा र डोजर दिएको गएको बताए ।
बालेनले अब उपरान्त यस्तो गर्न नपरोस् भन्ने कामना गर्दै अवैधानिक रुपमा बनाईएका संचरना हटाउन आग्रह समेत गरेका छन् । नक्सा पास भए अनुसार संरचना निर्माण पनि उनको सुझाव छ ।
उनले फेसबुकमा लेखेका छन्, ‘उहाँले आफ्नै नक्सा मलाइ माग्नु भयो । मैले अफिस गएर नक्सा र डोजर लिएर गए । मैले के बिराए । अब उप्रान्त यस्तो गर्न नपरोस , सबैले आफै बुझेर अवैधानिरुपमा बनाइएको संरचना हटाई दिनु होला । नक्सा जसरी पास भएको छ, त्यहि अनुसार बनाइ दिनु होला ।’
आज बिहान मात्रै अल्फाबिटा पुगेर अवैध संरचना तत्काल हटाउन निर्देशन दिएका मेयर बालेन शाहले दिउँसो पुनः पुगेर डोजर चलाएका हुन् ।