अमेरिकाले गर्यो चिनियाँ कम्पनीका २६ उडान स्थगित


प्रकाशित मिति : भाद्र १०, २०७९ शुक्रबार

अमेरिकाले चिनियाँ एयरलाइन्सका २६ यात्रु उडान स्थगित गरेको छ । कोरोना संक्रमण फैलिन नदिन वायुसेवा कम्पनीले यस्तो कदम चालेको हो । त्यसपछि अमेरिकाले उडान स्थगित गर्ने निर्णय गरेको छ ।

अमेरिकी सरकारले जारी गरेको आदेशमा भनिएको छ, ‘जनताको हितका लागि चिनियाँ विमानको सेवालाई सीमित गर्न आवश्यक छ। हालको परिस्थितिमा हामीले अमेरिकाबाट चीनका २६ उडान स्थगित गर्ने निर्णय गरेका छौं।’

अमेरिकी परिवहन विभागले चीनको नागरिक उड्डयन प्राधिकरणले अमेरिकाबाट २६ उडान स्थगित गरेको जनाएको छ । अमेरिकाबाट आउने अधिकांश यात्रुमा कोरोना पोजेटिभ देखिएको थियो । जसका कारण चीनले यो निर्णय गरेको हो ।

अमेरिकी परिवहन विभागले यो आदेश तुरुन्तै लागू हुने जनाएको छ। आदेशमा एयर चाइना लिमिटेड, चाइनिज इस्टर्न एयरलाइन्स, चाइना साउदर्न एयरलाइन्स र सियामेन एयरलाइन्सका २६ उडान सेप्टेम्बर महिनाभरका लागि स्थगित गरिएको उल्लेख छ ।

 

© 2024 KHASOKHAS. All Rights Reserved.
Khasokhas is not responsible for the content of external sites and user generated contains. We don't collect comments on this site.
DEVELOPED BY appharu.com