चीनले दबाब दिइरह्यो तर अमेरिकाका दुई युद्धपोत ताइवान नजिकैबाट गए
प्रकाशित मिति : भाद्र १२, २०७९ आईतबार
अमेरिकी नौसेनाले आफ्ना दुई युद्धपोत ताइवानको नजिकैबाट गएको बताएको छ । न्यान्सी पेलोसीको ताइवान भ्रमणपछि अमेरिकाले यस्तो कारबाही सुरु गरेको यो पहिलो पटक हो ।
अमेरिकी सदनकी सभामुख न्यान्सी पेलोसीले अगस्टको सुरुमा ताइवानको भ्रमण गरेपछि चीनले कडा आपत्ति जनाउँदै आईरहेको छ । यद्यपि ताइवानसँग पश्चिमी देशहरूको नौसेनाको युद्ध अभ्यास कुनै नयाँ कुरा होइन। विगतमा धेरै देशहरूले यस क्षेत्रमा यस्तो अपरेशन गर्ने गरेको पाइन्छ ।
यसप्रति चीनले कडा प्रतिक्रिया दिँदै, यो उत्तेजक कार्य भएको बताएको छ ।साथै, ताइवान चीनको अभिन्न अंग भएको पनि यसमा बताइएको छ ।