अमेरिकामा कोभिड-१९ ले ४ मिलियन कर्मचारीले जागिर गुमाए, वार्षिक एक सय ७० बिलियन डलर तलब नोक्सान


प्रकाशित मिति : भाद्र १२, २०७९ आईतबार

विश्वव्यापी महामारी कोभिड–१९ का कारण अमेरिकामा करिब ४ मिलियन मानिसले रोजगारी गुमाएका छन् । रोजगारी गुमाएका यी व्यक्तिहरूले वार्षिक ज्यालामा करिब एक सय ७० बिलियन डलर गुमाएको एउटा नयाँ रिपोर्टले देखाएको छ। यो घाटा २३० बिलियन डलर पुग्ने सम्भावना छ ।

एक गैर-लाभकारी ब्रुकिङ्स इन्स्टिच्युटका अनुसार यदि कोभिडका बिरामी लामो समयसम्म निको हुँदैनथे भने अमेरिकामा आर्थिक बोझ बढ्ने थियो । प्रतिवेदनमा भनिएको छ, ‘लामो समयसम्म हरेक वर्ष कोभिड बिरामीको संख्या १० प्रतिशत मात्रै बढ्यो भने आगामी १० वर्षमा तलब घाटा आधा ट्रिलियन डलर पुग्ने छ।’

समाचार एजेन्सी आईएएनएसका अनुसार, द ल्यान्सेटमा प्रकाशित पछिल्लो अध्ययनले लामो समयदेखि कोभिड–१९ बाट सङ्क्रमित भएका २२ प्रतिशतले खराब स्वास्थ्यका कारण काम गर्न नसक्ने र अन्य ४५ प्रतिशतले काम गर्ने घण्टा घटाउनुपर्ने देखाएको छ । अमेरिकामा कोभिडका कारण करिब ३० लाख मानिसले रोजगारी गुमाएका छन् । प्रति हप्ता एघार सय ६ डलरको औसत तलब भएकाहरूले प्रति वर्ष एक सय ६८ बिलियनको तलब घाटाको परिणाम दिन्छ।

श्रमशक्तिमा ७० प्रतिशत कमी

अमेरिकामा एक चौथाई कम्पनीहरूमा कर्मचारी अनुपस्थित हुनुको मुख्य कारण कोभिड रहेको छ । हार्वर्ड युनिभर्सिटीका अर्थशास्त्री डेभिड कटलरले १२ देखि १७ प्रतिशत कोभिड बिरामीले १२ हप्ताभित्र तीन वा सोभन्दा बढी लक्षणहरू अनुभव गरिरहेका छन् र यसले श्रमशक्तिलाई ७० प्रतिशतले घटाउँदै आएको पत्ता लगाएको छ।

कटलरले दीर्घकालीन कोभिड संक्रमणका कारण ३.५ मिलियन मानिसले जागिर गुमाएको अनुमान गरेका छन् । पाँच वर्षमा एक ट्रिलियनको ज्याला घाटा अर्थात प्रतिवर्ष लगभग २०० बिलियनको नोक्सान हुन्छ । प्रतिवेदनमा भनिएको छ, ‘यो संख्याले महामारीले गरेको पूर्ण आर्थिक नोक्सानलाई प्रतिनिधित्व गर्दैन, किनकि यसले उत्पादकत्वमा कमी, स्वास्थ्य हेरचाह र कामदारहरू बिरामी पर्दा बिरामी खर्च जस्ता असरहरू समावेश छैन् ।’

 

© 2024 KHASOKHAS. All Rights Reserved.
Khasokhas is not responsible for the content of external sites and user generated contains. We don't collect comments on this site.
DEVELOPED BY appharu.com