नासाले सबैभन्दा शक्तिशाली रकेटको प्रक्षेपण रोक्यो
प्रकाशित मिति : भाद्र १३, २०७९ सोमबार
अमेरिकी अन्तरिक्ष एजेन्सी नासाले चन्द्रमामा पठाउने आफ्नो सबैभन्दा शक्तिशाली रकेट, स्पेस लन्च सिस्टम वा एसएलएसको प्रक्षेपण आजका लागि रद्द गरेको घोषणा गरेको छ।
नासाको चन्द्रमामा पठाउन लागेको रकेट अहिलेसम्मकै सबैभन्दा शक्तिशाली हो। यो नासाको आर्टेमिस मिशनको एक हिस्सा हो, जसअन्तर्गत ५० वर्षपछि फेरि चन्द्रमामा मानिस पठाउने तयारी भइरहेको छ । यो रकेट अमेरिकाको फ्लोरिडास्थित केनेडी स्पेस सेन्टरबाट स्थानीय समय अनुसार बिहान करिब ८ः३० बजे अन्तरिक्षको लागि प्रस्थान गर्ने भनिएको थियो ।
नासाले चार आर एस-२५ इन्जिनहरू मध्ये एउटामा तापक्रम समस्याको कारण सोमबार आफ्नो विशाल चन्द्र (जाइन्ट मुन) रकेटको परीक्षण उडान रद्द गरेको बताएको छ ।
आर्टेमिस-१ मिसनको प्रक्षेपणको लागि वैकल्पिक मिति सेप्टेम्बर २ र ५ तोकेको छ। मङ्गल ग्रहसम्म पुग्ने महत्वाकाङ्क्षी कार्यक्रमको एक भागको रूपमा सो परीक्षण गर्न लागिएको बताइएको छ।