काठमाडौंको गोठाटारमा अज्ञात व्यक्तिको गोली प्रहारबाट घाइते भएका दर्जीको मृत्यु


प्रकाशित मिति : आश्विन ३, २०७९ सोमबार

काठमाडौँको कागेश्वरीमा अज्ञात व्यक्तिको गोली प्रहारबाट घाइते भएका ५५ वर्षीय मोहम्मद दर्जीको निधन भएको छ । सोमबार कागेश्वरी मनहरा नगरपालिका वडा नम्बर ८ स्थित गोठाटार कृष्ण मन्दिर नजिकै अज्ञात व्यक्तिले लाल मोहम्मद भन्ने मोहम्मद दर्जीमाथि गोली हानेका थिए ।

गोली लागेका घाईते भएका उनको त्रिवि शिक्षण अस्पतालमा उपचारका क्रममा मृत्यु भएको प्रहरीले जनाएका छ । काठमाडौं प्रहरी परिसर र उपत्यका अपराध अनुसन्धान कार्यालयको टोलीले घटनाको अनुसन्धान गरिरहेको छ ।

© 2024 KHASOKHAS. All Rights Reserved.
Khasokhas is not responsible for the content of external sites and user generated contains. We don't collect comments on this site.
DEVELOPED BY appharu.com