राष्ट्रपति भण्डारीद्वारा नागरिकता विधेयकलाई प्रमाणीकरण गर्न अस्विकार


प्रकाशित मिति : आश्विन ४, २०७९ मंगलबार

राष्ट्रपति विद्यादेवी भण्डारीले नागरिकता विधेयक-२०७९ लाई प्रमाणीकरण गर्न अस्विकार गरेकी छन् । भण्डारीले मंगलबाल राति १२ बजेसम्म विधेयक प्रमाणीकरण नगरेपछि १५ दिनको निर्धारित समय सकिएको हो । अब उक्त विधेयक स्वत: निष्क्रिय हुनेछ ।

संवैधानिक व्यवस्था अनुसार दोस्रोपटक संसद्का दुवै सदनबाट पारित भएको विधेयक राष्ट्रपतिले १५ दिनभित्र प्रमाणीकरण गर्नैपर्ने हुन्छ ।

पहिलो पटक संसदका दुवै सदनले पास गरेर पठाएको नागरिकता विधेयकमा पुनर्विचार गर्नुपर्ने भन्दै उनले सन्देश सहित साउन २९ फिर्ता पठाएकी थिइन्।

संसदको दुवै सदनबाट पास भएको उक्त विधेयक पुन भदौं २० गते सभामुख अग्निप्रसाद सापकोटाले प्रमाणीकरणका लागि विधेयक राष्ट्रपतिकहाँ पठाएका थिए।

© 2024 KHASOKHAS. All Rights Reserved.
Khasokhas is not responsible for the content of external sites and user generated contains. We don't collect comments on this site.
DEVELOPED BY appharu.com