महिला पत्रकारले कपाल ढाक्न अस्वीकार गरेपछि इरानी राष्ट्रपतिले गरे अन्तर्वार्ता रद्द
प्रकाशित मिति : आश्विन ७, २०७९ शुक्रबार
इरानमा कपाल ढाक्ने कानूनको विरुद्धमा व्यापक विरोध भइरहेको बेला इरानका राष्ट्रपति इब्राहिम रायसीले कपाल ढाक्न अस्वीकार गरेपछि अमेरिकी महिला पत्रकारसँगको अन्तर्वार्ता बिहीबार रद्द गरेका छन्। केही दिनअघि कपाल ढाक्ने ऐनको विरोध गरेको भन्दै एक महिलालाई प्रहरीले हिरासतमा लिएको थियो जहाँ उनको मृत्यु भएको थियो ।
सीएनएन पत्रकार क्रिश्चियान अमानपुरले कपाल ढाक्न अस्वीकार गरेपछि इरानी राष्ट्रपति इब्राहिम रायसीको निर्धारित अन्तर्वार्ता अचानक रद्द गरिएको थियो । अमनपुरले ट्वीट गरेकी थिइन्- ‘उनलाई कपाल ढाक्न भनिएको थियो तर उनले अस्वीकार गरेपछि अन्तर्वार्ता रद्द गरियो।’ अन्तर्वार्तामा राष्ट्रपतिसँग मुलुकमा भइरहेका आन्दोलन, प्रहरी हिरासतमा एक महिलाको मृत्युलगायतका घटनाका विषयमा छलफल हुने उनले बताईन् । प्रहरी हिरासतमा महिलाको मृत्यु भएपछि विरोध प्रदर्शनमा मानिसहरूले हिजाब (कपाल ढाक्ने वस्तु) जलाएका छन्।
सीएनएन पत्रकारले ट्वीट गरिन्, “संयुक्त राष्ट्र महासभाको लागि न्यूयोर्क भ्रमणको क्रममा, राष्ट्रपति रायसे अमेरिकामा पहिलो अन्तर्वार्ताको लागि जाँदै थिए। अन्तर्वार्ताका लागि सबै तयारी पूरा भएको थियो । उनले अन्तर्वार्ताका लागि ४० मिनेट पर्खिए पनि राष्ट्रपतिले अन्तर्वार्ता रद्द गरेको बताइन् । उनले करिब ४० मिनेटपछि राष्ट्रपतिको तर्फबाट एक व्यक्ति आएर हिजाब लगाउन आग्रह गरे, जसलाई पत्रकारले अस्वीकार गरे । त्यसपछि अन्तर्वार्ता रद्द भयो ।
पत्रकारले ट्वीट गरिन्, ‘अन्तिममा अन्तर्वार्ता भएन। इरानमा विरोध प्रदर्शन जारी र मानिसहरू मारिने क्रममा, यो राष्ट्रपति रायसीसँग वार्ताको लागि महत्त्वपूर्ण क्षण हुन गइरहेको थियो।’ इरानमा हजारौं मानिसले हिजाब सम्बन्धी कानूनको विरोध गरिरहेका छन् । आन्दोलनकारीले विभिन्न ठाउँमा सवारी साधनमा आगजनी गर्दै सरकार विरोधी नाराबाजी गरिरहेका छन् । पछिल्लो समय प्रहरी हिरासतमा एक महिला आन्दोलनकारीको मृत्यु भएपछि जनतामा चर्को आक्रोश छाएको छ ।