प्रहरीद्वारा ३.५ टन कोकिन बरामद
प्रकाशित मिति : आश्विन ८, २०७९ शनिबार
ग्वायाकिलको बन्दरगाहमा गरिएको प्रहरी कारबाहीमा ३.५ टन कोकिन बरामद गरिएको इक्वेडोर प्रहरीले शुक्रबार जानकारी दिएको छ ।
सो परिमाणको कोकिन ८८ वटा सुटकेसमा प्याक गरिएको सो लागऔषध बेल्जियम पठाउँन लागिएको केराको कन्टेनरमा लुकाइएको अवस्थामा प्क्राउ परेको इक्वेडोरका प्रहरी कमाण्डर जनरल भिक्टर जराटेले बताएका छन् ।
सन् २०२२ मा मात्रै इक्वेडरमा १४४ टन लागुऔषध बरामद गरिएको छ।
इक्वेडरका राष्ट्रपति गुइलेर्मो लासोले आफ्नो देशमा लागुऔषधको तस्करी विरुद्धको लडाइँको घोषणा गरेका छन् ।
बुधवार संयुक्त राष्ट्रसंघ महासभामा आफ्नो भाषणमा लासोले लागुपदार्थको तस्करी विरुद्ध लड्न अन्तरराष्ट्रिय सहयोगको लागि आह्वान गर्दै ‘अन्तरराष्ट्रिय अपराधको लागि अन्तरराष्ट्रिय समाधान चाहिने’ कुरा उल्लेख गरेका छन् ।