काठमाडौंका मेयर भन्छन्, ‘सडकमा पैदलयात्रीको पहिलो अधिकार’


प्रकाशित मिति : आश्विन १३, २०७९ बिहीबार

 

काठमाडौं महानगरपालिकाका प्रमुख बालेन शाहले सडकमा पैदलयात्रीको पहिलो अधिकार रहने बताएका छन् । उनले सडकमा पैदलयात्रीको पहिलो अधिकारलाई स्थापित गराउन महानगरपालिकाले आफ्ना नीति तथा कार्यक्रम तर्जुमा गरेको बताए ।

बिहीबार एक प्रेस विज्ञप्ती जारी गर्दै शाहलेसहरको विकास, सुधार र समृद्धिका लागि कानुन प्रदत्त अधिकार कार्यान्वयन गरेर नागरिक जीवनमा सुधारको महसुस गराउने महानगरको प्रतिबद्धता रहेको बताउँदै कायम नै रहेको उल्लेख गरे । सहरी सरसफाईलाई पूर्ण सरसफाइसम्म पु-याउने, सहरी सुन्दरता कायम गराउने विषयलाई नीतिगत व्यवस्था गरेर कार्यान्वयनका लागि कार्यक्रम सञ्चालन गरिरहेका उनको भनाई छ ।

आर्थिक बर्ष २०७९÷०८० को वार्षिक नीतिअन्तर्गत पूर्वाधार विकास सम्बन्धी नीतिमा ‘पैदल यात्री सहज आवागमनका लागि फुटपाथको उपयोग सहज र सरल बनाइने र फुटपाथमा मानव आवतजावतबाहेकका सबै क्रियाकलापलाई निषेध गरिनेछ’ भन्ने व्यवस्था गरिएको विज्ञप्तीमा उल्लेख छ ।

शाहले पैदल यात्रीका लागि पर्वका समयमा फुटपाथ अझ बढी आवश्यक पर्ने र अन्य समयभन्दा योबेला जेष्ठ नागरिक, बालबालिका, अपाङ्गता भएका व्यक्ति, गर्भवती महिलाहरु किनमेलका घर वाहिर निस्कने समय बताउँदै उनीहरुको पैदल यात्रा सुरक्षा महानगरपालिकाको जिम्मेवारी रहेको स्पष्ट पारे ।

© 2024 KHASOKHAS. All Rights Reserved.
Khasokhas is not responsible for the content of external sites and user generated contains. We don't collect comments on this site.
DEVELOPED BY appharu.com