पतिमाथिको आक्रमणपछि कहाँ छिन् न्यान्सी पेलोसी ?


प्रकाशित मिति : कार्तिक ११, २०७९ शुक्रबार

RSS

हाउस स्पीकर न्यान्सी पेलोसी आफ्नो पतिलाई भेट्न सान फ्रान्सिस्कोको अस्पतालमा गएकी छिन् । पल पेलोसीको खोपडी भाँचिएको छ भने दाहिने हात र कााधमा गम्भीर चोट लागेको छ । उनको शल्यक्रिया गरिएको जनाइएक्को छ । उनी पूर्ण रूपमा निको हुने अपेक्षा गरिएको छ ।

पेलोसीको सान फ्रान्सिस्कोस्थित घरमा शुक्रबार बिहान एक हमलाकारीले प्रवेश गरी उनका श्रीमानमाथि हथौडा प्रहार गरेको थियो ।  न्यान्सीको श्रीमान् ८२ वर्षीय पल पेलोसीलाई हथौडाले हिर्काएपछि टाउको र शरीरमा चोट लागेको हो ।

आक्रमणकारीलाई हिरासतमा लिइएको र आक्रमणको कारणबारे अनुसन्धान भइरहेको छ । संदिग्ध आक्रमणकारी ४२ बर्षीय डेभिड डेपेपको पनि अझै अस्पतालमा उपचार भइरहेको छ । उक्त व्यक्तिलाई मंगलबार मुद्दा चलाउने अपेक्षा गरिएको छ ।

आफ्ना श्रीमानमाथि हमला हुँदा न्यान्सी पेलोसी वासिङ्टन डिसीमा रहेकी थिइन् । युरोपमा एक सुरक्षा सम्मेलनको लागि यो हप्ता वासिङ्टन डिसी फर्किएकी थिइन् ।

यो आक्रमणले अमेरिकी संसदका सदस्यहरू र उनीहरूका परिवारहरूको सुरक्षामा थप प्रश्नहरू खडा गरेको छ। वास्तवमा पूर्व राष्ट्रपति डोनाल्ड ट्रम्प समर्थकहरूले अमेरिकी संसदमा आक्रमण गरेको दुई वर्ष पछि यो खतरा चरम सीमामा छ।

पल एक धनी लगानीकर्ता हुन्। न्यान्सी र पलका पाँच सन्तान छन्। यस वर्षको मेमा उनले क्यालिफोर्नियाको नापा काउन्टीमा कार दुर्घटनामा मादक पदार्थ सेवन गर्दा लापरवाही ड्राइभिङ गरेकोमा दोषी स्वीकार गरेका थिए । र पाँच दिनको जेल सजाय पाएका थिए । साथै अदालतले उनलाई तीन वर्षसम्म नियमित अधिकृतसमक्ष हाजिर हुन आदेश दिएको थियो ।

न्यान्सी पेलोसीमाथि आक्रमण गर्न चाहन्थ्यो आक्रमणकारी

हाउस स्पिकर न्यान्सी पेलोसीका पति पल पेलोसीलाई आक्रमण गर्ने व्यक्तिले न्यान्सी घर नआउन्जेल पललाई बाँध्ने प्रयास गरेको जनाइएको छ ।
प्रहरी निवासमा आइपुगेपछि आक्रमणकारीले आफू न्यान्सीको पेलोसीमा पर्खाइमा रहेको बताएको थियो ।

पल पेलोसीमाथि आक्रमण गर्ने व्यक्तिले स्पीकर न्यान्सीलाई खोजिरहेको थियो । आक्रमणकारी सान फ्रान्सिस्कोको घरमा न्यान्सी कहाँ छ ? भन्दै पटकपटक चिच्याएर सोधेको थियो ।

 

पेलोसीलाई बाइडेनको फोन

राष्ट्रपति जो बाइडेनले न्यान्सी पेलोसीको घरमा आक्रमणकारी पसेर उनका पतिलाई आक्रमण गरेपछि न्यान्सी पेलोसीलाई फोन सम्पर्क गरेका छन् ।

राष्ट्रपतिका प्रेस सेक्रेटरीका अनुशार राष्ट्रपति बाइडेनले पल पेलोसी र न्यान्सी पेलोसीको सम्पूर्ण परिवारको लागि प्रार्थना गरेका छन् । राष्ट्रपतिले सबै हिंसाको निन्दा गर्न जारी राख्ने प्रेस सेक्रेटरीको वक्तव्यमा उल्लेख छ ।

 

उपराष्ट्रपतिबाट आक्रमणको निन्दा

उपराष्ट्रपति कमला ह्यारिसले पल पेलोसीमाथि भएको आक्रमणबाट आतंकित भएको बताएकी छिन् । उपराष्ट्रपति ह्यारिसले सभामुख न्यान्सी पेलोसीका पतिमाथि भएको आक्रमणप्रति चिन्ता व्यक्त गरेकी छन् ।

आफ्ना श्रीमान डग र आफू स्पीकर पेलोसीका पति पल पेलोसीमाथि भएको आक्रमणबाट स्तब्ध भएका ह्यारिसले ट्वीटमा बताएकी छिन् । उनले वलको शीघ्र स्वास्थ्यलाभको कामना गरेकी छिन् ।

रिपब्लिकन नेताबाट स्वास्थ्यलाभको कामना

सिनेटमा रिपब्लिकन नेता मिच म्याकोनेलले स्पीकर न्यान्सी पेलोसीका पति पल पेलोसीलाई उनको घरमा आक्रमण गरिएको घटना डरलाग्दो र घृणाजनक भएको बताएका छन् ।

प्रतिनिधिसभामा रिपब्लिकन नेता केभिन म्याकार्थीले सभामुख न्यान्सी पेलोसीलाई सम्पर्क गरेर पल पेलोसीको पूर्ण स्वास्थ्यलाभको लागि प्रार्थना गरिरहेको बताएका छन् । नेता म्याककार्थीले पलबारे जानकारी लिन न्यान्सी पेलोसीलाई सम्पर्क गरेर स्वास्थ्यलाभको कामना गरेका हुन् ।

त्यस्तै रिपब्लिकन सांसद लिज चेनीले ट्वीट गर्दै पल पेलोसीमाथि क्रूर आक्रमणको बारेका रिपोर्टहरू भयानक र खेदजनक रहेको बताएकी छिन् । उनले पनि पल पेलोसीको स्वास्थ्यलाभको कामना गरेकी छिन् ।

सान फ्रान्सिस्को मेयर लन्डन ब्रीडले हाउस स्पिकर न्यान्सी पेलोसीका पतिमाथि भएको आक्रमणको अनुसन्धान गर्ने कामको लागि स्थानीय कानून कार्यान्वयन निकायलाई धन्यवाद दिएकी छिन् । उनले यो घटना एक भयानक र डरलाग्दो घटना भएको बताएकी छिन् । उनले घटनाबारे शीघ्र कदम चालेकोमा फ्रान्सिस्को पुलिस विभाग र सान फ्रान्सिस्को फायर डिपार्टमेन्टलाई धन्यवाद दिएकी छिन् ।

© 2024 KHASOKHAS. All Rights Reserved.
Khasokhas is not responsible for the content of external sites and user generated contains. We don't collect comments on this site.
DEVELOPED BY appharu.com