ट्विटरमा ब्लु टिकका लागि हरेक महिना ८ डलर तिर्नुपर्ने


प्रकाशित मिति : कार्तिक १५, २०७९ मंगलबार

ब्लु टिकका लागि कति पैसा तिर्नुपर्नेछ भन्ने कुरा ट्विटरमा सार्वजनिक गरिएको छ । ट्वीटरका नयाँ मालिक इलोन मस्कले आफैं ट्वीट गरेर सबै कुरा सफा गरेका छन्। अब ब्लु टिकका लागि प्रयोगकर्ताले हरेक महिना ८ डलर अर्थात नेपाली रुपैयाँमा एक हजार ६२. ६४ तिर्नुपर्नेछ । ट्वीटरका नयाँ मालिक तथा टेस्ला कम्पनीका सीईओ एलोन मस्कले ट्वीटरमा ब्लु टिक कसलाई छ, कसलाई छैन भन्ने हालको विधि बकवास र भ्रामक भएको बताए ।

मस्कले भने- ‘यदि कुनै प्रयोगकर्ताले ८ डलर ब्लु टिक दिएमा उसलाई के दिइन्छ ।’ निलो टिक भएकालाई जवाफ, खोजी र उल्लेखमा प्राथमिकता दिइने मस्कले बताए । उनीहरूलाई लामो भिडियो र अडियो पोस्ट गर्ने सुविधा दिइनेछ। विज्ञापन पनि पहिलेको भन्दा आधा हुनेछ।

यस अघि निलो टिकको लागि मस्कले हरेक महिना प्रयोगकर्ताबाट २० डलर लिने खबर बाहिर आएको थियो । यसपछि चर्चाको बजार तातेको थियो । सामाजिक सञ्जालमा यसबारे विभिन्न टिकाटिप्पणी पनि भएको थियो । यो निर्णयपछि मस्कले सोमबार आफ्नो मूल्य घटाउँदै अब २० को सट्टा मासिक ८ डलर मात्र तिर्नुपर्ने बताए ।

यसअघि ट्वीटरमा ब्लु टिकका लागि कुनै शुल्क लाग्दैनथ्यो । फारम भरेपछि ट्विटरले त्यसलाई प्रमाणीकरण गरेर निलो टिक दिने गर्दथ्यो। हालै उद्योगपति एलोन मस्क ट्विटरको नयाँ मालिक बनेका छन् । उनी आउनेबित्तिकै उनले पूर्व सीईओ पराग अग्रवाललगायत धेरै कर्मचारीलाई हटाएका हुन् ।

 

© 2024 KHASOKHAS. All Rights Reserved.
Khasokhas is not responsible for the content of external sites and user generated contains. We don't collect comments on this site.
DEVELOPED BY appharu.com