कतार र सहभागी टीमको प्रशंसा गर्न विश्वकप आयोजकद्वारा दर्शक भर्ना गरेको आरोप


प्रकाशित मिति : कार्तिक १९, २०७९ शनिबार

विश्वकप आयोजकले कतार र सहभागी राष्ट्रका लागि ‘चियरलिडर’को रूपमा काम गर्न प्रशंसकहरू भर्ती गर्ने योजना ल्याएको भन्दै यसको विरोध गरिएको छ ।

‘चियरलिडर’को रूपमा काम गर्न स्वीकार गर्ने प्रशंसकहरूले निः शुल्क होटल कोठाहरू, खेलका टिकटहरू र दैनिक भत्ता दिने योजना रहेको बताइएको छ । एएफपीलाई प्राप्त समर्थकहरूको खाता र कागजात अनुसार यसको बदलामा उनीहरूले उद्घाटन समारोहलाई जीवन्त बनाउने र आयोजक देशको बारेमा सामाजिक सञ्जालमा सकारात्मक टिप्पणी पोस्ट गर्नेछन् ।

विश्व कप फुटबलको आयोजकले एक विज्ञप्ति जारी गर्दै कतारले विश्वकपमा भाग लिनका लागि ३२ प्रतिस्पर्धी राष्ट्रका समर्थकलाई भुक्तानी दिइरहेको पुष्टि गरे पनि खेलबारे सकारात्मक प्रशंसा गर्नका लागि भनेर कतारले पैसा तिरेको भन्ने समाचार ‘सरासर गलत’ भएको बताएको छ ।

अन्य खेलकुद प्रतियोगिताहरूले पनि यही प्रणाली प्रयोग गरी खेललाई रोचक बनाउने गरिएको आयोजकको दावी छ ।

कतारले सयौं फुटबल ब्लगर, खेलसँग सम्बद्ध प्रभावकारी व्यक्तित्व र ‘फ्यान एसोसिएसन’का नेताहरूलाई ‘फ्यान लिडर्स’ बनाउने प्रस्ताव भने गरेको बताइएको छ ।

सन् २०२१ मा सम्पर्क गरिएका फ्रेन्च इरेसिस्टिबल्स (फ्रान्सेली खेल प्रशंसकको एक समूह)का प्रवक्ता फेबियन बोनेलले भन्नुभयो, “हामीले यो डकुमेन्ट पढ्दा अनौठो लागेको थियो । बोनेलले भन्नुभयो, “उनीहरू चाहन्थे कि हामी फ्रान्सेली प्रशंसकहरूको समूह बनेर उनीहरूलाई प्रोत्साहन दिऔं र कतारमा हुने यो विश्वकपलाई सफल पार्न मद्दत गरौँ ।”

यसबारे अन्य समूहहरूले पनि असहज महशुस गरेका छन् । “एउटा कुरा पक्का छ, धेरैले अस्वीकार गरेका छन्,” फुटबल समर्थक युरोप नेटवर्कका रोनान इभानले भन्नुभयो । यी प्रस्तावहरू ‘साँचो प्रशंसक संस्कृतिबाट टाढा’ भएको उहाँले बताउनुभयो ।

यद्यपि ५९ राष्ट्रका ४५० भन्दा बढी समर्थकले हस्ताक्षर गरेको आयोजक समितिले जनाएको छ ।

उनीहरूले फ्यान लिडर नेटवर्कमा सामेल हुनु ‘स्वैच्छिक र अवैतनिक भूमिका’ भएको बताएका छन् । प्रत्येक फ्यान लिडरले नोभेम्बर २० मा हुने उद्घाटन खेलमा आमन्त्रित प्रत्येक प्रतिस्पर्धी राष्ट्रबाट ३० देखि ५० जनासम्मलाई छानेका थिए ।

उनीहरुलाई कतार लगेर एउटा कोठामा दुई जना राखिने आयोजकले जनाएको छ । प्रिलोडेड भिसा कार्डमा उनीहरूले दैनिक ६८ अमेरिकी डलर पनि प्राप्त गर्नेछन् ।

बदलामा उनीहरूले उद्घाटन समारोहलाई जीवन्त बनाउने र आचारसंहितामा हस्ताक्षर गर्ने अपेक्षा गरिएको छ ।

आयोजकको ‘सुप्रिम कमिटी फर द डेलिभरी एण्ड लिगेसी’ले तयार पारेको एउटा दस्तावेजमा भनिएको छ, “समारोहको बीचमा प्रत्येक राष्ट्रबाट फ्यानको नारा बजाइनेछ र तपाईं खडा हुनुहुनेछ, सहभागीको गुणगान गाउनुहुनेछ, आफ्नो झण्डा फहराउनुहुनेछ र तपाईंको देशको प्रतिनिधित्व गर्नुहुनेछ । क्यामेराले पालैपालो प्रत्येक राष्ट्रिय फ्यानसमूहमा ध्यान केन्द्रित गर्नेछ ।

प्रशंसकहरूले अरब राष्ट्र कतारमा पहिलो विश्वकपमा केही फुटबल वातावरण थप्न सक्दछन् ।

“यो विश्वकपको मूल्य, विकटता र असहजतालाई ध्यानमा राख्दै, प्रशंसकहरू क्लासिक विश्वकपमा जस्तो हुनेछैनन् । त्यसैले हामीले उनीहरूलाई रङ्गशालामा ल्याउने प्रयास गर्नुपर्छ,” फ्रान्सेली फुटबल महासङ्घनिकट स्रोतले भन्यो ।

“उद्घाटन समारोहमा उनीहरूलाई रङ चाहिन्छ, समर्थकलाई टिम शर्ट चाहिन्छ । राम्रो दृष्यले खेलबारे सकारात्मक प्रभाव पार्न सक्छ ।

© 2024 KHASOKHAS. All Rights Reserved.
Khasokhas is not responsible for the content of external sites and user generated contains. We don't collect comments on this site.
DEVELOPED BY appharu.com