श्रीलङ्कामा सेवा क्षेत्रलाई उदारीकरण गर्न राष्ट्रपति विक्रमासिङ्घेद्वारा आह्वान


प्रकाशित मिति : कार्तिक २०, २०७९ आईतबार

श्रीलङ्काका राष्ट्रपति रनिल विक्रमासिङ्घेले प्रत्यक्ष वैदेशिक लगानी (एफडीआई) आकर्षित गर्न देशको सेवा क्षेत्रलाई क्रमशः उदारीकरण गर्नुपर्नेमा जोड दिनुभएको छ ।

राष्ट्रपतिको सञ्चार विभाग (पीएमडी) ले आइतबार जारी गरेको विज्ञप्तिमा उक्त कुरा जनाइएको छ ।

राष्ट्रपति सिङ्घेले विश्वको अहिलेसम्मकै सबैभन्दा ठूलो स्वतन्त्र व्यापार सम्झौता ‘रिजनल कम्प्रिहेन्सिभ इकोनोमिक पार्टनरसिप’मा सदस्यता प्राप्त गर्न कदम चाल्नुपर्ने बताउनुभयो ।

विक्रमासिङ्घेले राष्ट्रपतिको सचिवालयमा राष्ट्रिय व्यापार वार्ता समितिका पदाधिकारीसँगको भेटमा उक्त टिप्पणी गर्नुभएको हो ।

राष्ट्रपतिले उनीहरूसँग स्वतन्त्र व्यापार वार्ता, अन्तर्राष्ट्रिय व्यापारको भविष्यको दृष्टिकोण र नीतिगत प्राथमिकताहरूको संयोजनको महत्तवको बारेमा छलफल गर्नुभएको थियो ।

अन्तर्राष्ट्रिय व्यापार गतिविधिको विस्तारसँगै स्थानीय उद्योगलाई प्रतिस्पर्धामा समायोजन गर्न सहयोग पु¥याउन सरकारले व्यापार समायोजन कार्यक्रम लागू गर्ने उहाँले बताउनुभयो ।

क्षेत्रीय तथा विश्वव्यापी आपूर्ति शृङ्खलामा पहुँच र निर्यातमुखी प्रत्यक्ष वैदेशिक लगानी अभिवृद्धिका लागि विश्व अर्थतन्त्रसँग पुनः सम्लग्नता आन्तरिक अर्थतन्त्रलाई पुनरुत्थान गर्न सरकारको आर्थिक सुधार कार्यक्रमको एक तत्व भएको उहाँको भनाइ थियो ।

© 2024 KHASOKHAS. All Rights Reserved.
Khasokhas is not responsible for the content of external sites and user generated contains. We don't collect comments on this site.
DEVELOPED BY appharu.com