फिनल्याण्डका राष्ट्रपतिद्वारा युक्रेनमा शान्ति स्थापनाका लागि आह्वान


प्रकाशित मिति : कार्तिक २१, २०७९ सोमबार

फिनल्याण्डका राष्ट्रपति साउली निनिस्टोले सोमबार युक्रेन द्वन्द्वमा शान्तिको सम्भावना ‘सैन्य मोर्चामा भन्दा अन्यत्र पनि’ खोज्नुपर्ने आवश्यकतामा जोड दिनु भएको छ।

राजनीतिक, आर्थिक र निजामती सेवाका उच्च ओहोदाका लागि राष्ट्रिय रक्षा पाठ्यक्रमको औपचारिक उद्घाटनलाई सम्बोधन गर्दै, निनिस्टोले फ्रान्सेली राष्ट्रपति इमानुएल म्याक्रोन र जर्मन चान्सलर ओलाफ स्कोल्जले मस्कोसँग वार्ता कायम राख्नको लागि गरेको प्रयासलाई ‘सकारात्मक रूपमा लिने’ बताउनु भएको छ।

‘शान्ति यस्तो महत्त्वपूर्ण लक्ष्य हो कि हामीले यसलाई प्राप्त गर्न कुनै पनि प्रयासलाई बाँकी राख्नु हुँदैन,’ उहाँले भन्नुभयो । निनिस्टोले आणविक हतियारको बारेमा चलिरहेको फिनिश छलफल बारे टिप्पणी गर्दै ‘परमाणु हतियारको कुरा हालैका दिनहरूमा सामान्य भएको र म यसलाई खतरनाक विकास मान्छु।’ भन्नु भएको छ ।

उहाँले फिनल्याण्डले उत्तर एट्लान्टिक सन्धि सङ्गठन (नेटो) मा आफ्नो आगामी सदस्यतामा कुनै अग्रिम प्रतिबन्धहरू नतोक्ने धारणा राख्नु भएको छ।

सन् १९६१ देखि यस किसिमको पाठ्यक्रमले ५० जना राजनीतिज्ञहरू, निजामती कर्मचारीहरू, व्यापार र उद्योगका प्रतिनिधिहरूलाई तीन हप्ताको शिक्षण एवं समाजीकरणको कार्यक्रम मार्फत एकै टाउँमा जम्मा पारेको छ जुन विचार आदानप्रदानका निम्ति फलदायी समेत भएको छ ।

© 2024 KHASOKHAS. All Rights Reserved.
Khasokhas is not responsible for the content of external sites and user generated contains. We don't collect comments on this site.
DEVELOPED BY appharu.com