रहेनन् पत्रकार अधिकारी, झुन्डिएको अवस्थामा फेला


प्रकाशित मिति : कार्तिक २३, २०७९ बुधबार

पत्रकार सरोजराज अधिकारी काठमाडौँको एक होटलमा मृत फेला परेको प्रहरीले जनाएको छ । जिल्ला प्रहरी परिसर काठमाडौँका प्रहरी उपरीक्षक (एसपी) दिनेशराज मैनालीले पत्रकार अधिकारी सिद्धार्थ होटलको कोठा नम्बर ५०२ मा पङ्खामा झुन्डिएको अवस्थामा फेला परेको जानकारी दिनुभयो ।

पत्रकार अधिकारी कात्तिक २१ गतेदेखि घरबाट निस्केर घर नफर्केपछि आज उहाँकी श्रीमतीले प्रहरीमा निवदेन दिनुभएको थियोे । प्रहरीले मोबाइल ट्र्याक गरेर खोज्दा पङ्खामा झुन्डिएको अवस्थामा फेला पारेको हो ।

© 2024 KHASOKHAS. All Rights Reserved.
Khasokhas is not responsible for the content of external sites and user generated contains. We don't collect comments on this site.
DEVELOPED BY appharu.com