चीनद्वारा अन्तरिक्ष स्टेशन आपूर्तिका लागि कार्गो क्राफ्ट टियानझाउ-५ प्रक्षेपण (तस्वीर)


प्रकाशित मिति : कार्तिक २६, २०७९ शनिबार

चीनले आफ्नो अन्तरिक्ष स्टेशनको लागि आपूर्तिहरू पुर्याउने कार्गो अन्तरिक्ष यान तियानझाउ-५ सफलतापूर्वक प्रक्षेपण गरेको छ ।

चीनको मानव अन्तरिक्ष एजेन्सीले दक्षिणी टापु प्रान्त हेनानको वेनचाङ अन्तरिक्ष यान प्रक्षेपण स्थलबाट आज बिहान प्रक्षेपण गरेको तियानझाउ–५ बोकेको लङ मार्च–७ वाई ६ रकेट सफलतापूर्वक आफ्नो तोकिएको कक्षमा प्रवेश गरेको हो ।

चिनले प्रक्षेपणलाई पूर्ण रूपमा सफल भएको घोषणा गर्दै निर्माण यसै वर्ष पूरा हुने बताएको छ । कार्गो क्राफ्टले स्पेस स्टेशन संयोजनको साथ द्रुत–स्वचालित भेटघाट र डकिङ सञ्चालन गर्ने अपेक्षा गरिएको छ ।

यसअघि, अक्टोबर ३१ मा चीनले यसको निर्माणलाई अन्तिम चरणमा लैजाने आफ्नो टियाङगोङ अन्तरिक्ष स्टेशनको हिस्सा बन्न मेन्गटियन मोड्युल नामक दोस्रो प्रयोगशाला प्रक्षेपण गरेको थियो । चाइना एरोस्पेस साइन्स एन्ड टेक्नोलोजी कर्पोरेशनले अघिल्लो घोषणा अनुसार कम कक्षाको अन्तरिक्ष स्टेशन निर्माण यसै वर्ष पूरा हुने समेत अपेक्षा गरिएको थियो।

© 2024 KHASOKHAS. All Rights Reserved.
Khasokhas is not responsible for the content of external sites and user generated contains. We don't collect comments on this site.
DEVELOPED BY appharu.com