शाहरुख खानलाई भन्सार उल्लंघन गरेको भन्दै मुम्बई एयरपोर्टमा रोकेपछि…


प्रकाशित मिति : कार्तिक २६, २०७९ शनिबार

बलिउडका अभिनेता शाहरुख खानलाई भन्सार उल्लंघन गरेको भन्दै शुक्रबार राति मुम्बई एयरपोर्टमा रोकिएको थियो । शाहरुख खान आफ्नो टोलीसँग शारजाहबाट फर्कदै थिए । भन्सार विभागका अधिकारीहरूले शाहरुख र उनको पूरै टोलीलाई मात्र रोकेनन्, नियम उल्लंघन गरेको भन्दै करिब एक घण्टासम्म सोधपुछ पनि गरे । शाहरुख र उनको म्यानेजर पूजा डडलानी एक घण्टा पछि एयरपोर्टबाट बाहिर निस्किएका थिए। जबकि उनका अंगरक्षक रवि र टोलीले भन्सार समातेका थिए । यो मुद्दा भारतमा लाखौं रुपैयाँ मूल्यको घडी ल्याएर भन्सार नतिरेको भन्ने हो । सोधपुछपछि बिहान ५ बजेतिर ६ लाख ८३ हजार जरिवाना बुझाएर सबैलाई छाडिएको हो ।

एयरपोर्ट स्रोतका अनुसार शाहरुख खान आफ्नो टोलीसँग निजी चार्टर प्लेन भिटीआर-एसजीमा मुम्बई फर्केका थिए। उनी दुबईमा एक पुस्तक विमोचन कार्यक्रममा पुगेका थिए । राति १२ः३० बजे विमानस्थलको टी–३ टर्मिनलमा रेड च्यानल पार गर्ने क्रममा भन्सार अधिकारीले शाहरुख र उनको टोलीको झोलामा करिब १८ लाख रुपैयाँ बराबरको घडी फेला पारे । झोलामा धेरै घडीका खाली बक्स पनि थिए । यी सबैको भन्सार न भरेको भन्दै शाहरुखसहित उनको टोलीलाई सोधपुछका लागि लगिएको थियो ।

रिपोर्टका अनुसार शाहरुखको टोलीबाट रोलेक्स घडीका ६ बक्स, एस्पिरिट ब्राण्डको ८ लाख रुपैयाँको घडी, एप्पल सिरिजको घडी, बाबुन र जुबुर्क भेटिएको थियो । भन्सार विभागले उक्त घडीको कूल मूल्य १७ लाख ५६ हजार ५०० रुपैयाँ रहेको पाइएको छ । एक घण्टा लामो प्रक्रियापछि शाहरुख र पूजा डडलानीलाई एयरपोर्टबाट बाहिर निस्कने अनुमति दिइएको थियो भने अभिनेताका अंगरक्षक रवि र बाँकी टोलीलाई त्यहाँ रोकिएको थियो ।

भन्सारबाट प्राप्त जानकारी अनुसार शाहरुख खानका बडीगार्ड रविले ६ लाख ८३ हजार रुपैयाँ तिरेका छन् । तर, धेरै रिपोर्टहरूले यो पैसा शाहरुख खानको क्रेडिट कार्डबाट भुक्तानी गरेको पनि बताएका छन् ।

 

© 2024 KHASOKHAS. All Rights Reserved.
Khasokhas is not responsible for the content of external sites and user generated contains. We don't collect comments on this site.
DEVELOPED BY appharu.com