चीन र अमेरिकाको असल द्विपक्षीय सम्बन्ध विश्वको अपेक्षा : राष्ट्रपति सी
प्रकाशित मिति : कार्तिक २८, २०७९ सोमबार
![](https://i0.wp.com/www.khasokhas.com/wp-content/uploads/2022/10/Xi-Jinping.jpg?fit=1500%2C927&ssl=1)
चिनियाँ राष्ट्रपति सी चिनफिङले सोमबार अमेरिकी राष्ट्रपति जो बाइडेनसँगको भेटमा दुई देशको असल सम्बन्ध विश्वले अपेक्षा गरेको बताउँनु भएको छ।
राष्ट्रपति सीले अहिलेको युगमा अभूतपूर्व ढङ्गले ठूला परिवर्तनहरू भइरहेका छन् र मानवहरूले अभूतपूर्व चुनौतीहरूको सामना गरिरहेको छन् भन्दै त्यसलाई सही ढङ्गले सम्हाल्नका निम्ति पनि दुई देशको असल सम्बन्ध अपरिहार्य रहेको धारणा राख्नु भएको छ।
जी-२० बैठकले विश्वको ध्यानाकर्षण भएको उल्लेख गर्दै सीले यहाँबाट कहाँ जाने भन्ने प्रश्न उनीहरुको मात्रै होइन, सबै देशको दिमागमा रहेको पनि बताउनुभयो ।