एशिया-प्रशान्त क्षेत्र नयाँ शीतयुद्धको विपक्षमा छ : राष्ट्रपति सी चिनफिङ


प्रकाशित मिति : मंसिर १, २०७९ बिहीबार

चिनियाँ राष्ट्रपति सी चिनफिङले बिहीबार एशिया–प्रशान्त क्षेत्र कसैको घरपछाडिको आँगन नभएको बताउँदै यो क्षेत्र ठूला शक्तिको प्रतिस्पर्धाको मैदान बन्न नहुनेमा जोड दिनुभएको छ ।

एशिया–प्रशान्त आर्थिक सहयोग (एपेक) का प्रमुख कार्यकारी अधिकृतहरूको शिखर सम्मेलनमा लिखित मन्तव्य व्यक्त गर्दै उहाँले एशिया–प्रशान्त क्षेत्रले आफ्नो भूभागमा नयाँ शीतयुद्ध छेड्ने प्रयासलाई कहिल्यै अनुमति नदिने बताउनुभयो । चिनियाँ राष्ट्रपतिले शान्तिपूर्ण विकास, खुलापन, समावेशी र एकताको बाटो एशिया–प्रशान्त क्षेत्रले अवलम्बन गर्नुपर्नेमा जोड दिनुभयो ।

नयाँ घटना र चुनौतीको सामना गर्दै एपेक सदस्यहरूले विगतका अनुभवबाट पाठ सिक्नुपर्ने तथा एशिया–प्रशान्त क्षेत्रीय आर्थिक एकीकरणलाई दृढतापूर्वक अगाडि बढाउनुपर्छ राष्ट्रपति सीले भन्नुभयो । उहाँले विकासको नयाँ आधार निर्माण गर्नका साथै एशियाको साझा भविष्य र उन्नयनका खातिर संयुक्त प्रयासका लागि आह्वान गर्नुभयो ।

© 2024 KHASOKHAS. All Rights Reserved.
Khasokhas is not responsible for the content of external sites and user generated contains. We don't collect comments on this site.
DEVELOPED BY appharu.com