रुससँग ऊर्जा सहकार्यमा घनिष्ट साझेदारी गर्न तयार : राष्ट्रपति सी चिनफिङ


प्रकाशित मिति : मंसिर १३, २०७९ मंगलबार

चिनियाँ राष्ट्रपति सी चिनफिङले मङ्गलबार चीन रुससँग ऊर्जा सहकार्यमा घनिष्ट साझेदारी गर्न तयार रहेको बताउँनु भएको छ । ऊर्जा सहयोग चीन र रुसबीचको व्यावहारिक सहयोगको महत्त्वपूर्ण आधारशिला हो र विश्व ऊर्जा सुरक्षा कायम राख्नको लागि सकारात्मक शक्ति भएको राष्ट्रपति सीले चौथो चीन-रुस ऊर्जा व्यापार मञ्चलाई पठाएको बधाइ पत्रमा उल्लैक गरिएको छ ।

उहाँले बाह्य जोखिम र चुनौतीहरूको सामना गर्दै दुई देशले सञ्चार र समन्वयलाई सुदृढ बनाएको र ठूला सहयोगी परियोजनाहरूलाई अगाडि बढाएको पनि उल्लैक गर्नु भएको छ । राष्ट्रपति सीले यस नयाँ युगमा चीन-रूस बीच ऊर्जा विकासमा सहयोग र समन्वयको व्यापक रणनीतिक साझेदारीको व्यापक सम्भावनाहरूमा पनि जोड दिनुभएको छ ।

राष्ट्रपति सीले स्वच्छ र हरित ऊर्जा विकासमा जोड दिन र अन्तरराष्ट्रिय ऊर्जा सुरक्षा र औद्योगिक र आपूर्ति शृङ्खलाको स्थिरताको रक्षा गर्न र दीर्घकालीन, स्वस्थ र दिगो विकासमा नयाँ योगदान पुर्याकउन चिनियाँ पक्ष रुससँग हात मिलाउन तयार रहेको पनि बताउँनु भएको छ । यस्तै मङ्गलबार नै रुसी राष्ट्रपति भ्लादिमिर पुटिनले पनि ऊर्जा व्यापार मञ्चलाई बधाइ पत्र पठाउनु भएको छ।

© 2024 KHASOKHAS. All Rights Reserved.
Khasokhas is not responsible for the content of external sites and user generated contains. We don't collect comments on this site.
DEVELOPED BY appharu.com