पशुपतिशमशेरले राष्ट्रपतिबाट लिए जेष्ठ सदस्यको शपथ


प्रकाशित मिति : पुस ६, २०७९ बुधबार

राष्ट्रिय प्रजातन्त्र पार्टी ( राप्रपा)का नेता तथा प्रतिनिधिसभाका ज्येष्ठ सदस्य पशुपति शमशेर राणाले पद तथा गोपनीयताको शपथ लिएका छन् ।
उनले आज राष्ट्रपति भवन शीतल निवासमा आयोजित एक समारोहमा राष्ट्रपति विद्यादेवी भण्डारीबाट शपथ लिएका हुन् ।

समारोहमा उपराष्ट्रपति नन्दबहादुर पुन, प्रधानमन्त्री शेरबहादुर देउवा, राष्ट्रियसभा अध्यक्ष गणेश तिमल्सिनालगायतको उपस्थिति थियो ।

अब उनले प्रतिनिधिसभाका अन्य सदस्यलाई भोलि शपथ गराउने कार्यक्रम रहेको छ ।

© 2024 KHASOKHAS. All Rights Reserved.
Khasokhas is not responsible for the content of external sites and user generated contains. We don't collect comments on this site.
DEVELOPED BY appharu.com