चिनियाँ र रुसी राष्ट्रपतिद्वारा नयाँ वर्षको शुभकामना आदानप्रदान


प्रकाशित मिति : पुस १७, २०७९ आईतबार

चिनियाँ र रुसी राष्ट्रपतिले नयाँ वर्ष २०२३ को अवसरमा दुई नेता र दुई देशका नागरिकलाई शुभकामना आदान प्रदान गर्नुभएको छ । शनिबार साँझ उहाँहरुलाई नयाँ वर्ष २०२३ को स्वागत गर्दै यस वर्षले दुवै देशका नागरिकमा शुभकामना आदान प्रदान गर्दै आपसमा बधाई पनि साटा साट गर्नुभएको बताइएको छ ।

चिनियाँ राष्ट्रपति सि चिनफिङले नयाँ वर्ष २०२३ को शुभकामना दिँदै रुसी राष्ट्रपति भ्लादिमिर पुटिन र उहाँमार्फत् रुसी नागरिकमा बधाई ज्ञापान गर्नुभएको चिनियाँ समाचार समिति सिन्ह्वाले जानकारी दिएको छ ।

चिनियाँ राष्ट्रपति चिनफिङले चीन सरकार र चिनियाँ जनता तथा आफ्ना तर्फबाट रुसी राष्ट्रपति, रुस सरकार र त्यहाँका नागरिकलाई नयाँ वर्षको शुभकामना र बधाई ज्ञापन गर्नुभएको समाचारमा जनाइएको छ ।

चिनियाँ राष्ट्रपति चिनफिङले सन् २०२२ विश्वमा नै कोरोना महामारीका साथै अन्य विभिन्न समस्यामा परेको भन्दै तर यस वर्ष चीन र रुसबीचको सम्बन्ध सुमधुर रहेको सो शुभकामना सन्देशमा उल्लेख गर्नुभएको छ ।

त्यसैगरी यस सन् २०२३ मा पनि दुई देश असल सम्बन्ध र आपसी सहयोगका साथ अघि बढ्ने विश्वास पनि चिनियाँ राष्ट्रपति चिनफिङले सो सन्देशमा व्यक्त गर्नुभएको छ ।त्यसैगरी रुसी राष्ट्रपति पुटिनले पनि यस नयाँ वर्षमा चीन रुस सम्बन्ध सुमधुर हुने र आपसी सहयोगका साथ अघि बढ्ने बताउनुभएको छ ।

रुसी राष्ट्रपति पुटिनले आफ्नो तर्फबाट र रुसी सरकारका तर्फबाट चिनियाँ सरकार र नागरिकलाई शुभकामना व्यक्त गर्नुभएको छ ।

© 2024 KHASOKHAS. All Rights Reserved.
Khasokhas is not responsible for the content of external sites and user generated contains. We don't collect comments on this site.
DEVELOPED BY appharu.com