माया र प्रेमले लिए सांसदको शपथ
प्रकाशित मिति : पुस १९, २०७९ मंगलबार
प्रतिनिधि सभा सदस्य प्रेम आले र माया राईले आज पद तथा गोपनीयताको शपथ लिएका छन् ।
उनीहरु दुबैले आज सिंहदरबारस्थित संघीय संसद् सचिवालय, कानुन समितिको हलमा प्रतिनिधि सभाका ज्येष्ठ सदस्य पशुपति शम्शेर राणा जबराबाट शपथ लिएका हुन् ।
यसअघिका शपथ कार्यक्रममा उनीहरु पारिवारिक कारणले अनुपस्थित भएका थिए ।