मकवानपुर जिल्लामा अवैधरूपमा सञ्चालनमा रहेका एक सय दुई क्रसर उद्योग बन्द


प्रकाशित मिति : पुस २४, २०७९ आईतबार

मापदण्ड विपरीत मकवानपुर जिल्लामा सञ्चालनमा रहेका क्रसर उद्योगलाई जिल्ला प्रशासन कार्यालय मकवानपुर हेटौँडाले आजदेखि बन्द गराइएको जनाएको छ ।

प्रमुख जिल्ला अधिकारी राजेन्द्रदेव पाण्डेका अनुसार मापदण्ड विपरीत सञ्चालनमा रहका मकवानपुरका एक सय दुई क्रसर उद्योग बन्द गराइएको हो । सरकारले जारी गरेको मापदण्ड नपुगेपछि मकवानपुरका क्रसर उद्योग बन्द भएको उहाँले बताउनुभयो ।

गृह मञ्त्रालयले अवैध क्रसर बन्द गर्ने निर्देशन दिएपछि मकवानपुरमा मापदण्ड विपरीतका उद्योग बन्द भएको सो कार्यालयले जनाएको छ । गत बुधबार गृहमञ्त्रालयले जिल्ला प्रशासन कार्यालयलाई परिपत्र गर्दै मकवानपुर जिल्लाभर रहेका अवैध क्रसर उद्योग बन्द गराउन निर्देशन दिएको थियो ।

सो निर्देशन दिए लगतै जिल्ला प्रशासन कार्यालय मकवानपुरको सरोकारवालासँग बसेको बैठकपश्चात मापदण्ड विपरीत सञ्चालनमा रहेका क्रसर उद्योग बन्द भएका हुन् ।

© 2024 KHASOKHAS. All Rights Reserved.
Khasokhas is not responsible for the content of external sites and user generated contains. We don't collect comments on this site.
DEVELOPED BY appharu.com