प्रधानमन्त्री प्रचण्डलाई सशर्त विश्वासको मत दिने नेकपा एसको निर्णय, तर सत्तापक्षमा नरहने


प्रकाशित मिति : पुस २६, २०७९ मंगलबार

नेकपा एकीकृत समाजवादीले प्रधानमन्त्री पुष्पकमल दाहाल प्रचण्डलाई विश्वासको मत लिने निर्णय गरेको छ ।

मंगलबार बसेको सचिवालय बैठकले आफूहरुको एजेण्डा कार्यान्वयन गर्ने शर्तमा प्रधानमन्त्री प्रचण्डलाई विश्वासको मत दिने निर्णय गरेको हो ।

आफूहरुको एजेण्डा कार्यान्वयन नगरे समर्थन फिर्ता लिन मिल्ने गरी प्रतिपक्षी दलको भूमिकामा रहने बैठकले निर्णय गरेको छ ।

प्रधानमन्त्री प्रचण्डलाई विश्वासको मत दिए पनि पार्टी भने प्रतिपक्षमै बस्ने  सो उपमहासचिव तथा प्रवक्ता जगन्नाथ खतिवडाले जानकारी दिए ।

प्रधानमन्त्री प्रचण्डले मंगलबार प्रतिनिधिसभा बैठकमा विश्वासको मत लिँदै छन् । एकीकृत समाजवादीका १० सांसद छन् ।

© 2024 KHASOKHAS. All Rights Reserved.
Khasokhas is not responsible for the content of external sites and user generated contains. We don't collect comments on this site.
DEVELOPED BY appharu.com