आर्थिक संकटको सामना गरिरहेको श्रीलंकाले सैन्य शक्ति आधा घटाउने


प्रकाशित मिति : पुस २९, २०७९ शुक्रबार

आर्थिक मन्दीको सामना गरिरहेको श्रीलंकाले आफ्नो सेनामा ठूलो कटौतीको घोषणा गरेको छ ।

समाचार एजेन्सी पीटीआईको रिपोर्ट अनुसार श्रीलंकाले सन् २०३० सम्ममा आफ्नो सैन्य क्षमता आधाले घटाउने बताएको छ ।

सन् २०२३ को बजेट प्रस्तावमा श्रीलंकाले अब प्राविधिक र रणनीतिक रूपमा सन्तुलित रक्षा बल निर्माणमा केन्द्रित हुने उल्लेख गरेको छ ।

श्रीलंकामा स्वास्थ्य र शिक्षामा हुने खर्चभन्दा रक्षा खर्च बढी भएको भन्दै आलोचना भइरहेको छ ।

श्रीलंकाको सेनामा हाल २ लाख ७८३ सैनिक छन्, जसलाई सन् २०३० सम्ममा एक लाखमा झार्ने लक्ष्य राखिएको छ ।

© 2024 KHASOKHAS. All Rights Reserved.
Khasokhas is not responsible for the content of external sites and user generated contains. We don't collect comments on this site.
DEVELOPED BY appharu.com