निर्मला कुर्मीको न्यायका लागि धर्नारत अधिकारकर्मीहरूलाई भेटे गृहमन्त्री रवि लामिछानेले


प्रकाशित मिति : पुस ३०, २०७९ शनिबार

नेपालगन्जकी निर्मला कुर्मीको अपहरण र बेपत्ता बनाइएपछि न्यायका लागि माइतीघर मण्डलामा धर्नारत अधिकारकर्मीहरूलाई गृहमन्त्री रवि लामिछानेले शनिवार भेट गरेका छन् । भेटका क्रममा गृहमन्त्रीले धर्नामा रहेका अधिकारकर्मी र आफन्तहरूलाई न्याय पाउनेमा ढुक्क हुन आग्रह गरे ।

यस विषयमा गृहमन्त्री हुनुभन्दा अघि पनि आवाज उठाएको र अब पनि निरिन्तर लागिरहेको उनले बताए । निर्माला कुर्मीको अपहरण र बेपत्ता बनाउने घटनामा राजनीतिकर्मीकै सम्लग्नाता रहेको आरोप छ । लामिछानेले जाेसुकैकाे सम्लग्नता भए पनि दाेषीलाई कारवाही गरेरै छाड्ने बताए ।

© 2024 KHASOKHAS. All Rights Reserved.
Khasokhas is not responsible for the content of external sites and user generated contains. We don't collect comments on this site.
DEVELOPED BY appharu.com