अहिलेसम्म ६२ वटा शव निकालियो , पाँच जनाको सनाखत


प्रकाशित मिति : माघ १, २०७९ आईतबार

पोखरामा आइतबार बिहान दुर्घटनामा परेको यति एअरलाइन्सको विमानमा सवार ६४ जनाको शव फेला परेको नेपाली सेनाले जनाएको छ।

नेपाली सेनाका प्रवक्ता सहायक रथी कृष्णप्रसाद भण्डारीका अनुसार २९ जनाको शव विमान खसेको खोँचबाट निकालेर अस्पताल पठाइएको छ।

एअरलाइन्सका अनुसार विमानमा चालकदलका चार सदस्यसहित ७२ जना सवार थिए। विमान बिहान १०:५० बजे अन्तिम पटक सम्पर्कमा आएको प्राधिकरणले जनाएको छ। खोजी तथा उद्धारकार्यमा नेपाली सेना, नेपाल प्रहरी र सशस्त्र प्रहरी बलका सुरक्षाकर्मीहरू परिचालित भएका छन्।
मृत्यु भएकामध्ये पाँच जनाको सनाखत

यति एअरलाइन्स दुर्घटनामा मृत्यु भएकामध्ये पाँच जनाको सनाखत भएको छ। जिल्ला प्रहरी कार्यालय कास्कीका अनुसार निशान्त आचार्य, संगीता शाही, लक्ष्मी पौडेल, सुशील श्रेष्ठ, र सदारत अलिमियाको सनाखत भएको छ ।

 

© 2024 KHASOKHAS. All Rights Reserved.
Khasokhas is not responsible for the content of external sites and user generated contains. We don't collect comments on this site.
DEVELOPED BY appharu.com