शपथलगत्तै पशुपतिको दर्शनमा पुगे राप्रपाका मन्त्रीहरु
प्रकाशित मिति : माघ ३, २०७९ मंगलबार
राष्ट्रिय प्रजातन्त्र पार्टी (राप्रपा) का नवनियुक्त मन्त्रीहरु शपगलगत्तै पशुपतिको मन्दिरमा दर्शनका लागि प्रस्थान गरेका छन् ।
शीतल निवासबाट उपप्रधान एवम् ऊर्जामन्त्री राजेन्द्र लिङ्देनसहितका मन्त्रीहरु पशुपतिको दर्शनका लागि हिँडेको प्रवक्ता मोहन श्रेष्ठले जानकारी दिए । पशुपतिनाथको मन्दिर दर्शन गरेपछि मात्रै पद बहालीका लागि सिंहदरबार जाने कार्यक्रम रहेको उनले बताए। राप्रपाबाट लिङ्देनसहित ध्रुवबहादुर प्रधान, विक्रम पाण्डे मन्त्री बनेका छन् भने दीपक सिंह राज्यमन्त्री बनेका छन् ।